काभ्रेमा सनराइजको शाखारहित सेवा सुरु- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेमा सनराइजको शाखारहित सेवा सुरु

कान्तिपुर संवाददाता

काठमाडौं — सनराइज बैंकले काभ्रेबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले शाखा नरहेको स्थानमा बैंकिङ सेवा पुर्याउन यस्तो उपाय अपनाएको हो ।

बैंकले काभ्रेमा बुधबारदेखि शाखारहित सेवा सुरु गरेको  छ। बैंकका सञ्चालक डा. दीपकप्रसाद भट्टराईले सेवाको सुरुवात गरेका हुन् ।

पोइन्ट अफ सेल नामको मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि गरिने बैंकिङ्ग कारोबारलाई शाखारहित बैंकिङ्ग सेवा भनिन्छ ।

यसका लागि सेवाग्राहीले एटिएम कार्ड मार्फत कारोबार गर्नुपर्दछ ।

प्रकाशित : पुस १६, २०७२ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्

नक्कली डलर देखाएर लुट्ने पक्राउ

कान्तिपुर संवाददाता

काभ्रे — डलर देखाएर धारिलो हतियार प्रहार गरी लुट्ने मुख्य योजनाकारसहित ४ जनालाई पक्राउ गरेको छ ।

मुख्य योजनाकार सिन्धुपाल्चोकस्थित स्याउले–६ का दिनेश लामा भन्ने मंगलबहादुर तामाङलाई काठमाडौंबाट, उसकी श्रीमती सम्झना भन्ने लक्ष्मी तामाङलाई नलिन्चोकस्थित डेराबाट, स्याउले ३ का पासाङ तामाङलाई बनेपा बसपार्कबाट र सिम्पाल ६ का पदम बहादुर तामाङलाई मलेसिया जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

मंगल म्यानपावर मार्फत मानिस विदेश पठाउँदै आएका छन् । उनले श्रीमतीलाई प्रयोग गरी सस्तोमा डलर साटिदिने बहानामा मानिस लुट्दै आएका थिए ।

चारै जनाले पुस ७ गते उग्रचण्डी ४ स्थित नालाबाट नगरकोट जाने कच्ची सडकको एकान्त जंगलमा लगि दाप्चा काशिखण्ड ११ का ४५ बर्षीय कान्छा तामालाई खुकुरी रड र ढुंगा प्रहार गरी सख्त घाइते बनाइ ३ लाख रकम लुटेको प्रहरीको दाबी छ ।

गम्भीर घाइते उनको शिर मेमोरियल अस्पतालमा उपचार हुन नसकेर वीर अस्पाल रेफर गरिएको थियो । उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १६, २०७२ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×