कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल-ठाकुर भेटवार्ता

काठमाडौं — एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चालाई संसदमा विचाराधीन संविधान संशोधन प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन् ।

दाहाल-ठाकुर भेटवार्ता

सत्तारूढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका दाहालले राजधानी बानेश्वरको एक निजी घरमा तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसित भेटवार्ता गरी संविधान संशोधन प्रक्रियामा मधेसी मोर्चाको समर्थन खोजेका हुन् ।
दाहालले राजमार्ग र सीमा नाकामा मधेसी मोर्चाबाट भइरहेको अवरोध अन्त्य गर्नसमेत ठाकुरलाई आग्रह गरेको जानकारी उनका सहयोगी सूर्यकिरण शर्माले जानकारी दिए । प्रत्युत्तरमा ठाकुरले आफूहरू वार्ता र संवादका माध्यमबाटै समस्या समाधान होओस् भन्ने पक्षमा रहेको, तर प्रधानमन्त्री केपी ओली र सरकार गम्भीर नभएकाले अन्यौल लम्बिएको बताएका थिए ।

 

प्रकाशित : पुस १६, २०७२ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?