नेपाली सेनाको सहयोग भूकम्पपीडितलाई

कान्तिपुर संवाददाता

काभ्रे — नेपाली सेनाको सैनिक श्रीमती संघले बिर्तादेउराली गाविसका भुकम्पपीडितलाई राहत सामाग्री वितरण गरेको छ । वडा नं ८ स्थित पहरी र दलित बस्तीका २ सय ५० घरधुरीलाई दाल, चामल, नुन, तेल, मसलासहितको खाद्यान र जाडोको लागि कम्बल बितरण गरेको खड्गदल गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर चन्दले जानकारी दिए ।


नेतृत्व गरेर पुगेका सहसेनानी सुमन न्यौपानेका अनुसार, कमजोर आर्थिक अवश्था भएका त्यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामान ओसारपसार गर्न पनि समस्या छ । चट्टानी संरचनाका कारण उब्जनी पनि राम्रो हुँदैन । भुकम्पले चर्केको घरमा नै बस्न बाध्य छन् ।

 

प्रकाशित : पुस १६, २०७२ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रेमा सनराइजको शाखारहित सेवा सुरु

कान्तिपुर संवाददाता

काठमाडौं — सनराइज बैंकले काभ्रेबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले शाखा नरहेको स्थानमा बैंकिङ सेवा पुर्याउन यस्तो उपाय अपनाएको हो ।

बैंकले काभ्रेमा बुधबारदेखि शाखारहित सेवा सुरु गरेको  छ। बैंकका सञ्चालक डा. दीपकप्रसाद भट्टराईले सेवाको सुरुवात गरेका हुन् ।

पोइन्ट अफ सेल नामको मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि गरिने बैंकिङ्ग कारोबारलाई शाखारहित बैंकिङ्ग सेवा भनिन्छ ।

यसका लागि सेवाग्राहीले एटिएम कार्ड मार्फत कारोबार गर्नुपर्दछ ।

प्रकाशित : पुस १६, २०७२ १५:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्