कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सशांकले भने 'कांग्रेस ३ समूहमा'

भरतपुर — कांग्रेस नेता डा. सशांक कोईरालाले पार्टी अहिले ३ समुहमा विभाजन भएको बताएका छन । भरतपुरमा बुधवार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शिर्ष नेता मिलेर क्रियाशील सदस्यता विवाद समाधान गर्नु पर्ने बताए । शिर्ष ३ नेता नेता नमिलेसम्म विवाद समाधान नहुने उनले बताए ।


'तीन नेता मिलेर पार्टीलाई एक ढिक्का बनाउनु पर्छ,' उनले भने,' स्वार्थ भन्दा माथी उठेर पार्टीलाई ऐक्यवद्ध बनाउनु पर्ने अहिलेको मुख्य आवश्यकता हो ।' उनले अहिले पार्टी छियाछिया भएकाले यस्तो दुर्गती भोग्नु परेको बताए । 'छियाछिया भएको पार्टीलाई एकीकरण गर्न सक्ने क्षमतावान व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिनु पर्छ,' उनले भने,'त्यसका लागी ३ कित्तामा विभाजित शिर्ष नेता एक ठाउमा आउनु पर्छ ।' अहिलेको नयाँ नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरिनु पर्ने उनको भनाई थियो ।
उनले पार्टी सभापति बन्ने आफनो चाहना आफ्नो नरहेको स्पष्ट पारे । 'मलाई नेतृत्व हस्तान्तरण चाहिदैन,' उनले भने, 'म यदी सक्षम छुँ भने पार्टीमा मेरो पनि स्थान पाउछु ।' महाधिवेसनसंगै पार्टीको नयाँ अध्याय सुरु गर्नु पर्नेमा उनले जोड दिए । 'काग्रेसमा परिवर्तन आउनु पर्छ,' उनले भने, 'त्यसको लागी व्यक्तिमा मात्र होईन, सोचमा परिवर्तन ल्याउनु पर्छ ।'

 

प्रकाशित : पुस १५, २०७२ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×