कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरमा तेश्रो दिनपनि झडप

जनकपुर — आन्दोलनरत्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा सुरक्षाकर्मी बीच बुधवार अपरान्ह झडप भएको छ । जानकी चौकीलाई लक्षित गरी प्रदर्शनकारीहरुले ढुंगामुढा गरे पछि, सुरक्षाकर्मीहरुले पनि ढुंगामुढा, लाठी चार्ज गरेका थिए ।

सदभावना अध्यक्ष राजेन्द्र महतोमाथि शनिवार बिराटनगरमा आक्रमण भए यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बनाएको छ । गत तीन दिनदेखि जानकी प्रहरी चौकीमा निरन्तर झडप हुदै आएको छ ।
बुधवार विहानैदेखि प्रदर्शनकारीहरु नगर क्षेत्रमा प्रदर्शन गरेका थिए । अपरान्ह रामानन्द चौकमा आयोजित विरोध सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संवोधन गर्दै गरेको वेला जानकी प्रहरी चौकीमा दुईतर्फी ढुंगामुढा भई रहेको थियो ।

 

प्रकाशित : पुस १५, २०७२ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?