शाहरुख भन्छन्– राष्ट्रिय पुरस्कार पाएपछि रिटायर हुन्छु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
मुम्बई — बलिउड सुपरस्टार शाहरुख खानले बेलाबेला अभिनयका थुप्रै अवार्ड पाए पनि सरकारले दिने राष्ट्रिय पुरस्कार नपाएकोमा गुनासो गर्दै आएका छन् । बक्स अफिसमा सुपरहिट भए पनि शाहरुख, सलमानजस्ता ठूला स्टारले राष्ट्रिय पुरस्कार पाएका छैनन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![शाहरुख भन्छन्– राष्ट्रिय पुरस्कार पाएपछि रिटायर हुन्छु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2015/third-party/31122015041627shahrukh-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
आफ्नो नयाँ फिल्म ‘फ्यान’को टिजर रिलिजमा पनि उनले यही कुरा दोहोर्याए । आफूले राष्ट्रिय पुरस्कार नपाएको कुरालाई ठट्यौलो पारामा उनले भने, ‘राष्ट्रिय पुरस्कार पाएको दिन म रिटायर्ड हुन्छु ।’
मनिष शर्माले निर्देशन गरेको ‘फ्यान’मा शाहरुखले सुपरस्टार आर्यन र उनको फ्यानको डबल रोलमा अभिनय गरेका छन् । फ्यानको भूमिकाका लागि उनको लुक फरक बनाइएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया