३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सोमिया सम्मोहन

भरतपुर — वीरेन्द्र बहुमुखी क्याम्पसको क्रिकेट मैदान मंगलबार अपराह्न दर्शकले खचाखच भरिएको थियो । नाकाबन्दीको मार र अभावले थकित दर्शक शान्त थिए ।

सोमिया सम्मोहन

तर माहोल एक्कासि उत्साहित बन्यो । सर्वाधिक चर्चामा रहेको जालमाको टाइटल गीत ‘पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो...’ गीतले माहोल तात्यो ।

गायिका सोमिया बराइलीले दर्शकलाई निरन्तर दुईपटक उक्त गीत सुनाइन् । दर्शकले दोहोर्‍याएर गाउन अनुरोध गरेपछि माग अनुसार प्रस्तुति गरिन् । साँझ पर्दै थियो । उनको स्वरले सडकमा हिँड्दै गरेका बटुवालाई पनि मञ्चतिर तानेको थियो ।

उनको गीत र त्यसलाई समर्थन गर्दै उफ्रेका दर्शकको हुटिङले नजिकको जुनियर प्रहरी अधिकृत शिक्षालयसम्म गुन्जयमान भएको थियो । एकपछि अर्को उनले बेजोड प्रस्तुति दिइन् । गितार समाउँदै उनी गिटारिस्ट विनोद थापासँगै स्टेज उक्लेकी थिइन् ।

उनको स्वरसँगै दर्शकश्रोताहरूले ताली र सिठ्ठी बजाए । उनले ‘सुस्तरी–सुस्तरी गाउँदै छ मन विस्तारै विस्तारै...,’ ‘चिनेर पनि नचिनेजस्तो...,’ ‘तिमी जाने सिलीगुडी म जाने सिक्किमतिर...’ गीतमार्फत् पनि दर्शकश्रोतालाई लोभ्याइन् ।

प्रकाशित : पुस १६, २०७२ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?