अमेरिकामा ल्होछार
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
वासिंगटन डीसी — अमेरिकाको राजधानी वासिङ्टन डीसी र वरिपरिका राज्यहरूमा बसोबास गर्ने प्रवासी तमु (गुरुङ) समुदायले आइतबार ल्होछार मनाएका छन् । १५ पुसको साँझलाई नयाँ वर्षपूर्व सन्ध्याको रूपमा मनाउने चलन रहेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![अमेरिकामा ल्होछार](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2015/entertainment/31122015091837USA-lochhar-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
नेपालमा १५ पुसको दिनलाई नयाँ वर्षको रूपमा मनाउँदै आए पनि यहाँ सबैको सजिलोको लागि आइतबार साँझ नै कार्यक्रम गरिएको आयोजकले जनायो । कार्यक्रम भर्जिनियाको हर्नडनमा गरिएको थियो ।
ग्रेटर वासिङ्टन तमु समाजले गरेको ल्होछार साँझमा वासिङ्टन डीसी, भर्जिनिया र मेरिल्यान्डमा बसोबास गर्ने तमु तथा अन्य समुदायबाट उल्लेख्य उपस्थिति रहेको थियो । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले नेपालीपनको जगेर्ना लागि यस्ता कार्यक्रमहरूले सहयोग पुर्याउने दाबी गरे ।
औपचारिक र सांस्कृतिक प्रस्तुति गरी दुई भाग बाँडिएको कार्यक्रम नेपाल र अमेरिकी दुवै देशको राष्ट्रिय गानबाट सुरु भएको थियो । यसपछि अमेरिकामै बसोबास गरिरहेका नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुति दिए ।
परदेशमा विभिन्न कठिनाइका बाबजुद पनि नेपाली मौलिक संस्कृतिको जगेर्ना र पहिचानको संरक्षणको लागि ल्होछार साँझ गरिएको समाजका अध्यक्ष्य नन्द तमुले जनाए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)