कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तौल घटाउने शल्यक्रियाले कम गर्छ मधुमेह र हृदयघातको जोखिम

बीबीसी

लण्डन — तौल घटाउने शल्यक्रियाले मधुमेह र हृदयघातको जोखिम कम गर्ने एक अध्ययनले देखाएको छ । वेलायतका गरिएको अध्ययनले यस्तो निश्कर्ष निकालेको हो ।

तौल घटाउने शल्यक्रियाले कम गर्छ मधुमेह र हृदयघातको जोखिम

४ वर्षमा ८ हजार बिरामीमाथि गरिएको तौल घटाउने शल्यक्रियामार्फत गरिएको बृहत अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो ।

‘बढी तौल भएका मानिसहरुको लागि यो शल्यक्र्रिया उपयोगी हुन्छ’, अनुसन्धानकर्ताले भनेका छन् ।

वेलायतको नेसनल हेल्र्थ सर्भिसमार्फत वार्षिक ८ हजार जनाले मोटाई घटाउने शल्यक्रिया गर्छन् ।

शल्यक्रियामा जोखिम हुने भएकाले प्राकृतिक तवरबाट मोटाई घटाउन नसकेकाहरुले मात्रै यस्ता शल्यक्रिया गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

‘छिटो मोटाई घटाउने उपाय’ को रुपमा यो शल्यक्रियालाई लिन नहुने विज्ञहरुको सुझाव छ ।

प्रकाशित : पुस १४, २०७२ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?