कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

‘गाउँ आएको बाटो’ बुसानमा एसिया प्रिमियर हुने

काठमाडौँ — नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो'को बुसानमा एसिया प्रिमियर हुने भएको छ । त्यसअघि यो फिल्म विश्वप्रख्यात टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिँदै छ ।

‘गाउँ आएको बाटो’ बुसानमा एसिया प्रिमियर हुने

टोरन्टोको स्कोटी ब्यांक थिएटरमा फिल्म आगामी सेप्टेम्बर १० मा प्रदर्शन हुने शो हाउसफुल भइसकेको फिल्मका निर्माता अमोद राई जनाएका छन् । फिल्मको युरोपियन प्रिमियर र अस्ट्रेलिया प्रदर्शनको माग पनि भइरहेको उनले बताए ।

सुब्बा निर्देशित 'गुडबाई काठमाण्डु' पनि सन् २०१७ मा बुसानमा प्रिमियर भएको थियो । अन्तर्राष्ट्रिय फेस्टिभलहरू घुमिसकेपछि फिल्म नेपालमा प्रदर्शन गर्ने भनिएको छ ।

'यसपटक बुसानमा नेपालीसँगै एसियाका अन्य थुप्रै फिल्म छनोटमा पर्‍यो । यस्तो प्लेटफर्मममा हाम्रा फिल्महरुको पनि उपस्थित बढ्दै छ । यो सुखद लक्षण हो,' निर्देशक सुब्बाले भने ।

फिल्ममा सुब्बाले गाउँमा बाटो आएपछि जनजीवनमा आएको परिवर्तनको कथालाई समेटेका छन् । टेलिश्रृंखला 'दलन' र फिल्म 'गुडबाई काठमाण्डु' पछि यो उनको कमब्याक फिल्म हो । फिल्ममा अभिनेता दयाहाङ राई, पशुपति राई, पर्सन राई, खनुमा राई, केशव राई, प्रमिशा राईलगायतको अभिनय छ । फिल्मलाई भोजपुरसँगै धरान, संखुवासभामा छायांकन गरिएको हो ।

एसियन सिनेमा अन्तर्गत नै नेपाल र भारतको संयुक्त निर्माणमा बनेको 'गुराँस' र एसियन लघु फिल्मतर्फ 'साक्षी रुख' छनोटमा परेको हो ।

प्रकाशित : भाद्र १९, २०८० १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?