कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाललाई 'फिल्म गन्तव्य'का रूपमा विकास गर्ने

काठमाडौँ — सरकारले नेपाललाई फिल्म गन्तव्यका रूपमा विकास गर्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले निर्माणाधीन दुई फिल्म स्टुडियोको कामलाई अगाडि बढाइने घोषणा गरेका हुन् । 

नेपाललाई 'फिल्म गन्तव्य'का रूपमा विकास गर्ने

'नेपाललाई चलचित्रप्रति आकर्षित गन्तव्यका रुपमा विकास गरिनेछ । सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी इन्डोर स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाइनेछ,'उनले भने ।

हालै दोलखा फिल्म सिटी व्यवहारिक छैन भन्ने बहस फिल्मकर्मीबीच चलेपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी निर्माणाधीन फिल्म सिटी हेर्न दोलखा पुगेका थिए ।


प्रकाशित : जेष्ठ १५, २०८० १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?