कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रिमियरमा दंग

काठमाडौँ — यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमा’ को राजधानीमा बुधबार आयोजित प्रिमियरमा आमन्त्रित पाहुनाले फिल्मप्रति दिएको प्रतिक्रियाले फिल्म टिम उत्साहित देखिएको छ ।

प्रिमियरमा दंग

फिल्म ‘महापुरुष’ बाट यसै वर्ष फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका अञ्जना बराइलीले फिल्म राम्रो लागेको प्रतिक्रिया दिइन् । ‘प्रेमकथामा थुप्रै फिल्म बन्छन्, हेरिएको पनि छ । तर ‘प्रेमा’ को प्रेमकथा र प्रस्तुतीकरण फरक लाग्यो’, उनले भनिन् । उनले फिल्मका मुख्य तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मन परेको बताइन् ।

अर्की नायिका सन्ध्या केसीले फिल्मले आमदर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको ठोकुवा गर्दै भनिन्, ‘फिल्मले दर्शकलाई बाँधेर राख्छ ।’ फिल्मका अभिनेता क्षेत्रीले प्राप्त प्रतिक्रियाबाट आफू ढुक्क रहेको बताए । ‘हिजोसम्म म न्युट्रल अवस्थामा थिएँ । प्रिमियरपछि उत्साहित छु’, उनले भने । नायिका खड्काले पनि प्रतिक्रियामा तारिफ पाउँदा खुसी लागेको उल्लेख गर्दै भनिन्, ‘अत्यन्त खुसी छु । मेरो भूमिकाले तारिफ पाउँदा दंग छु ।’ गोविन्दसिंह भण्डारी निर्देशित फिल्म ‘प्रेमा’ लाई विवेक घिमिरेले निर्माण गरेका हुन् ।


प्रकाशित : चैत्र १७, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?