कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो 'बुद्ध थिएटर फेस्टिभल २०२३' 

काठमाडौँ — शेचेन गुम्बाका १० जना लामाबाट मन्त्रोच्चारण गर्दै 'बुद्ध थिएटर फेस्टिभल २०२३' सुरु भएको छ । जमलस्थित साँस्कृतिक संस्थानमा आयोजित कार्यक्रमबीच फेस्टिभलको तेस्रो संस्करण सुरु भएको हो । 

सुरु भयो 'बुद्ध थिएटर फेस्टिभल २०२३' 

महोत्सवको उद्घाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार रुपैयाँको 'डबली अवार्ड' प्रदान गरियो । कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राध्यापक तथा लेखक अभि सुवेदीलगायतका रंगकर्मीहरुको उपस्थिति थियो।

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्य रहेको फेस्टिभलको पहिलो दिन नृत्य नाटिका 'चण्डालीका' मञ्चन भयो । यो फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ भने ६ नाटक मञ्चन हुनेछन्।

प्रकाशित : चैत्र १४, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?