२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

सुनकोसी–मरिण डाइभर्सनमा १२ अर्ब खर्च

राजकुमार कार्की

सिन्धुली — सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा १२ अर्ब हाराहारी खर्च भएको छ । आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख खर्च भएको हो । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड ३१ लाख छ ।

सुनकोसी–मरिण डाइभर्सनमा १२ अर्ब खर्च

सुरुङ निर्माण, सुनकोसी नदीमा हेडवर्क्सको काम, सामाजिक काम र घर तथा जग्गा अधिग्रहणमा यति रकम खर्च भएको आयोजनाले जनाएको छ ।

भौतिक कार्यतर्फ प्रगति २६.३८ प्रतिशत र वित्तीय २४.१० प्रतिशत छ । ०७७ फागुन २० मा कमलामाई नगरपालिका–२ को कसुमटारमा शिलान्यास भई आयोजना निर्माणको थालनी भएको थियो । त्यसको डेढ वर्षपछि ०७९ असोज २८ बाट सुरुङ निर्माणको काम सुरु भएको हो । सुरुङ निर्माणको ८० प्रतिशत काम सकिएको छ भने हेडवर्क्सतर्फ सुनकोसीमा बाँध निर्माणको काम यसै वर्षबाट सुरु भएको छ ।

सुरुमा २ अर्ब ८ करोड विनियोजन भएकामा अपुग भई थप एक अर्ब ९ करोड सरकारबाट प्राप्त भएको आयोजना प्रमुख मित्र बरालले जनाए । यस वर्ष सरकारले विनियोजन गरेको ४ अर्ब ३९ करोड ५४ लाख रहेकामा कामअनुसार ११ अर्ब खर्च हुने देखिएको छ ।

प्रकाशित : फाल्गुन १३, २०८० ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?