२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

टिकेन नेप्सेको सुधार, मंगलबार १४ अंकले घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार झिनो अंकले सकारात्मक बनेको नेप्सेको सुधार मंगलबारसम्म टिकेन । मंगलबार बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से अन्त्यमा १४.२९ अंकले घटेर १ हजार ८ सय ६४.४० अंकमा ओर्लेर बन्द भएको छ ।

टिकेन नेप्सेको सुधार, मंगलबार १४ अंकले घट्यो

अघिल्लो दिनको तुलनामा नेप्से ०.७६ प्रतिशतले कम हो । सोमबार नेप्से ३.०४ अंकले बढेर १ हजार ८ सय ७९.७० विन्दुमा बन्द भएको थियो । गत आइतबार भने नेप्से २८ अंकले घटेको थियो ।

उक्त दिन २५ हजार ६ सय २५ वटा कारोबारबाट २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच भएको छ । ती किनबेचमा ५७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत आइतबार र सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको हो । गत सोमबार ६९ करोड ४२ लाख र आइतबार ७४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ३८ वटा कम्पनीको घट्यो भने ७ वटाको सेयर मूल्य स्थिर छ । नेप्से परिसूचकमा कमी आएसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि घटेर २८ खर्ब ९४ अर्ब रुपैयाँमा सिमित भएको छ ।


प्रकाशित : कार्तिक १४, २०८० १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?