कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अधिक तरलता प्रभाव : २० अर्ब माग्दा बैंकहरूले दिए करिब २९ अर्बको आवेदन

काठमाडौँ — बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ माग गर्दा बैंक तथा वित्तीय संस्थाहरुले २८ अर्ब ८० करोडको आवेदन दिएका छन् । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत मंगलबार २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको हो ।

अधिक तरलता प्रभाव : २० अर्ब माग्दा बैंकहरूले दिए करिब २९ अर्बको आवेदन

बोलकबोलमार्फत सोको भारित औसत ब्याजदर ५.०५९१ प्रतिशत कायम भएको छ । अर्थात् अधिकतम ५.३७ देखि न्यूनतम ४.४९ प्रतिशत ब्याजदर कायम भएको छ । ११ वटा बैंक तथा वित्तीय संस्थाले बोलकबोल गरेका थिए । राष्ट्र बैंकले असार २९ गतेसम्मका लागि (१० दिने अवधिको) बोलकबोलमार्फत २० अर्ब खिचेको छ ।

यही असारमा राष्ट्र बैंकले दुई पटक गरेर करिब २३ अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । २०७९ माघ १२ गते ५ अर्ब रुपैयाँ तानेपछि असारमा मात्रै बैंकिङ प्रणालीबाट पैसा खिचिएको हो । बैंकिङ प्रणालीमा हाल ३ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अन्तर बैंकदर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ ।


प्रकाशित : असार १९, २०८० १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?