कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३३

मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमाडौँ — चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने छ ।

मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । अघिल्ला वर्षाहरूमा आधारभूत मूल्यमा भन्दा उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर बढी हुँदै आएको थियो । तर यो वर्ष सरकारको राजस्व संकलनमा धेरै कमी आएकाले आधारभूत मूल्यमा भन्दा उपभोक्ता मूल्यकाे आर्थिक वृद्धिदर कम देखिएको हो । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो । एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका छन् ।



प्रकाशित : वैशाख १९, २०८० १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?