मर्कन्टाइलको पुमोरी सफ्टवेयर अब इन्फोडेभलपर्स मातहत- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्कन्टाइलको पुमोरी सफ्टवेयर अब इन्फोडेभलपर्स मातहत

कान्तिपुर संवाददाता

काठमाडौँ — मर्कन्टाइल अफिस सिस्टमको पुमोरी सफ्टवेयर अब इन्फोडेभलपर्स प्रालीअन्तर्गत रहने भएको छ । मर्कन्टाइलले बनाएको कोर बैंकिङ साेलुसन (पुमोरी) को व्यवस्थापन आगामी दिनमा इन्फोडेभलपर्सले गर्न लागेकोबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

इन्फोडेभलपर्स र मर्कन्टाइलबीच रणनीतिक सहकार्य भएको र योसँगै पुमोरी शाखा वा सफ्वटेयर इन्फोडेभलपर्ससँग मर्ज भएको कार्यक्रममा बताइएको थियो । मर्ज भएसँगै इन्फोडेभलपर्स एमओए प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुने भनिएको छ ।

नयाँ कम्पनीकको अध्यक्षमा सञ्जिव राजभण्डारी नियुक्त भएका छन् भने सीईओमा उमेश रघुवंशी र सह–सीईओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन् । पुमोरीको व्यवस्थापनसँगै बदलिँदो बैंकिङ परिवेशअनुरुप आफूहरूले अबको एक वर्षमा नविनतम प्रविधिमा आधारित परिष्कृत सफ्टवेयर पनि विकास गर्ने अध्यक्ष राजभण्डारीले कार्यक्रममा बताएका थिए ।

सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स सहकारी र लघुवित्तका लागि कोर बैंकिङ सोलुसन विकास गर्ने फिनटेक कम्पनी हो भने मर्कन्टाइलले ३२ वर्षदेखि नेपाली बैंकिङ क्षेत्र, अन्तराष्ट्रिय बैंकिङ तथा वित्तिय संस्थालाई सेवा दिँदै आएको छ ।

प्रकाशित : माघ ११, २०७९ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख तिलक परियारसमक्ष नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

माओवादी केन्द्रका कृष्ण जिसी आन्तरिक मामिला तथा कानुनमन्त्री, भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री, एमालेबाट टेकराज पछाईले सामाजिक विकासमन्त्री र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको रुपमा शपथ लिएका हुन् ।

उनीहरुलाई आजै मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख परियारले नियुक्त गरेका हुन् । मुख्यमन्त्री शर्मा पुस २८ मा नियुक्त भएका थिए । सोही दिन माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र एमालेबाट दैलेखका विनोदकुमार शाहले बिनाविभागीय मन्त्रीको शपथ लिएका थिए । शाह र शाहीले पनि बुधबार जिम्मेवारी पाएका छन् । एमालेका शाहलाई आर्थिक मामिला तथा योजना र शाहीलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

शर्मा नेतृत्वको ७ सदस्यीय मन्त्रिपरिषद् महिला र दलित प्रतिनिधिविहीन बनेको छ ।

प्रकाशित : माघ ११, २०७९ १९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×