१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चिनियाँ लगानी भित्रियो

३६ अर्ब लगानीमा सिमेन्ट उद्योग
नारायण शर्मा

सर्दी (नवलपरासी) — चिनियाँ र नेपालीको ३६ अर्ब लगानीमा मुलुककै ठूलो सिमेन्ट उद्योगको बेणीमनीपुरको सर्दीमा निर्माण सुरु भएको छ । कारखानामा चीनको होङ्सी र शिवम् सिमेन्टका सञ्चालकको लगानी छ ।

चिनियाँ लगानी भित्रियो

यसमा चिनियाँ ७० र नेपाली पक्षको ३० प्रतिशत लगानी रहने छ । होङ्सी सिवम् सिमेन्ट कारखानाले दैनिक १२ हजार टन (२ लाख ४० हजार बोरा) सिमेन्ट र क्लिंकर उत्पादन गर्ने छ ।

कारखानाका प्रबन्धक शिवरन्त अटलका अनुसार एउटै कारखानाले नेपाली बजारको ३५ प्रतिशत सिमेन्टको माग पुरा गर्ने छ । यहां १ सय १५ बिगाह जग्गा खरिद गरेर गत बैशाखवाट भौतिक निमार्णको काम थालेको छ । थप १ सय ५० बिगाहा जग्गा खरीद प्रक्रिया अघि बढेको उनले जानकारी दिए । कारखाना निमार्णका लागि चिनियाँ प्राबिधिकको टोलि खटिएको छ । पहिलो २ वर्षभित्र दैनिक ६ हजार टन उत्पादन गर्ने लक्ष्य रहेको र ४ वर्षभित्र दैनिक १२ हजार टन उत्पादन हुने उनले जानकारी दिए ।

कारखानाले ओपिसि (ढलानमा प्रयोग हुने सिमेन्ट) र पिपिसी ( प्लास्टर र गाह्रोमा प्रयोगहुने) सिमेन्ट उत्पादन गर्ने छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा त्यसले वार्षिक १२ अर्ब राजश्व तिर्ने छ । उसले बिजुली खपत गरेवापत १ अर्ब भन्दा बढि वार्षिक महसुल बुझाउने कारखानाले जनायो । कारखानास्थल पूर्वपश्चिम राजमार्गको दुम्किबासवाट १२ किलोमिटर उत्तरमा पर्छ । कारखानाले सर्दीवाट २८ किलोमिटर उत्तरमा रहेको पाल्पामा रहेको चुनढुंगा प्रयोग गर्ने भएको छ । त्यहाँबाट कारखाना स्थलसम्मको करिब १० किलोमिटर टनेलबाट र अन्यत्र सडकवाट कच्चापदार्थ ल्याउने छ । यहाँ निर्माण हुने टनेल मुलुककै पहिलो र नमुना हुने छ । प्रत्यक्ष २ हजार जनाले रोजगारी पाउने छन ।

लगानी बोर्डले परासीमा अन्तरक्रिया आयोजना गरेर उद्योगका बारेमा जानकारी गराएको हो । प्रबन्धक  अटलले बाटो र बिद्युतका बारे सरकार संग कुरा भइरहेको जनाए । ‘उद्योगलाई दैनिक ५० देखि ८० मेघावाट बिद्युत आबश्यक पर्छ,’ उनले भने, ‘३ बर्षमा उत्पादन बजारमा ल्याउने गरी कामलाई उद्योगले अगाडि बढाएको छ ।’ दैनिक २ हजारले रोजगार पाउने भएकाले उद्योग स्थापना संगै स्थानीय खुसी भएका छन् । नवलपरासी क्षेत्र नम्बर ३ का सांसद कृष्ण पौडेलले उद्योग स्थापनाले समृद्धिको आधार खोल्ने बताएका छन्  ।

पाल्पाको ज्यामिरेबाट कच्चा पदार्थ (क्लिकर) ल्याउने र यहि सिमेन्ट उत्पादन हुँदा अहिलेको बजारमा धेरैमाग पूरा गर्छ । देश भित्रको बजारलाई पुर्ती गरेपछि बाहिर पनि पठाउन सकिन्छ । उद्योगले बिकट गाउको मुहार फेरीने भन्दै स्थानीय बासिन्दा खुसी भएका छन् । त्यस क्षेत्रका सभासद कृष्ण पौडेलले ठूला परियोजनालाई सरकार र स्थानीयको सहयोग हुने भएकाले ढुक्क भएर कामलाई अगाडि बढाउन आग्रह गरे ।

लगानी बोर्डका सहसचिव रवि भट्टाईले उद्योगको स्थापनाबाट  हुने फाइदाका बारेमा बताएका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७३ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?