कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस कारण उपयोगी बन्यो, शिघ्र स्वास्थ्य लाभ कार्ड

काठमाडौं — हामी मध्ये धेरै जना एउटा ठाउामा जन्मेका हौं, अनि शाद त्यही ठाउामा मृत्यु हुन्छ होला । तर, आजीवन त्यो ठाउामा छिर्न डराउाछौं, जान नपरे हुन्थ्यो जस्तो लाग्छ । हो, म कुरा गर्दैछु अस्पतालको ।

यस कारण उपयोगी बन्यो, शिघ्र स्वास्थ्य लाभ कार्ड

आफै बिरामी भएर भर्ना हुनुपर्ने कमै भएतापनि बेला बखत इष्टमित्र तथा नातेदार बिरामी भएको खण्डमा बिरामीको अवस्थाको जानकारी लिन अस्पताल पुगेकै हुन्छौ । अनि अस्पताल जाने बखत मनमा स्वास्थ्य लाभको कामना सागसागै एक झोला फलफूल या जुस या अन्य खानेकुरा (जस्तै हर्लिक्स, बिरामी बिस्कुट) पनि लाने गर्छौं । नलगेमा बिरामी पक्षले के सोच्ने होला, खाली हात बिरामी हेर्न आयो भन्ने खालको भावनाले मनमा कटक्क खान्छ । त्यसैले हामी कतिले मनैदेखि लागेर त कतिले लाज गालले पनि फलफुल लिएर जान्छौं । यो हामी नेपालीको नानीदेखि लागेको बानी मै पर्दछ ।

अनि धेरै जस्तो अवस्थामा त्यसरी लगिएको खानेकुरा बिरामीका नातेदार र बिरामी पक्षका मान्छेले नै खाइरहेका हुन्छन् । या त त्यही कुहिएर सड्ने गरेको हुन्छ । बिरामीलाई चाहिं घरबाट ल्याइएको वा अस्पतालकै क्यान्टिनबाट ल्याइएको जावलो वा सादा खाना खान दिइन्छ । मैले यहाँ फलफूल, जुस हर्लिक्स आदि इत्यादिले बिरामीलाई स्वस्थ हुन मद्दत गर्दैन भन्न खोजेको होइन । त्यो लगिएको खानेकुराहरु सहि ढंगसँग उपयोगमा नआउने र कतिपय औषधी हालेर पकाइएका फलफूल तथा बजारबाट किनिएको अन्य बाहिरी खानेकुराले बिरामीको स्वास्थ्य मै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पार्ने कुरातर्फमात्र इंगित गर्न खोजेको हुँ ।

विरामीलाई अस्पतालमा राखेको बेला प्रायजसो बिरामी पक्षलाई दुई कुराले पिरोलिरहेको हुन्छ, एक बिरामीको बिमारीको जटिलता र अर्को उपचारमा लाग्ने खर्च । बिरामी अस्पतालमा ल्याइ पुर्‍याउदा बिरामी पक्षलाई स्वास्थ्य अवस्थाको चिन्ता हुनु र बिस्तारै अस्पताल बसाईको क्रमसँगै डिस्चार्जको समयमा उपचारमा लागेको खर्च जुटाउन चिन्ता हुनु बिरामी पक्षका दुई पाटा नै हुन् ।

बिरामीको स्वास्थ्य सुधार गर्न त स्वास्थ्यकर्मी रात दिन खटिरहेका हुन्छन्, बिरामी भेट्न आगन्तुकहरु बिरामीको अवस्थाको बारे बुझ्न जाँदा र स्वास्थ्य लाभको केहि शब्द छाडेर आउँदा बिरामी पक्षलाई केहि सान्त्वना त मिल्ला । तर, उनीहरुको तर्फबाट केहि सहयोग गरिदिएमा ठूलो राहत बिरामी पक्षलाई मिल्न सक्छ । मेरो भनाइको मतलब हो, आर्थिक सहयोग । नेपाली समाजमा बिरामी भेट्न जाँदा आर्थिक सहयोग गर्ने चलन पाइएको छैन, बिरामी भेट्न आउने आगन्तुकहरुले सहयोग गर्न खोजेमा पनि अलिक हिचकिचाहटको भावना हुन्छ हामीमा । तर, हाम्रै समाज यस्तो छ जहाँ बिहेमा दुलहा दुलहीलाई खाममा राखेर केहि नगद दिइन्छ जुन परिस्थिती अस्पतालको भन्दा भिन्न छ । अनि त्यो पैसाको त्यति जरुरी पनि देखिन्न नवविवाहितलाई । त्यसैले जिन्सी सामानको लगेर जानु भन्दा केहि नगद खाममा हालेर दुलहीलाई दिने हाम्रो समाजले सोहि प्रकारले बिरामीलाई खानेकुरा को सट्टा आर्थिक सहयोग गरिदिंदा बिरामी तथा बिरामी पक्षलाई केहि हदसम्म अस्पताल बसाइको आर्थिक भार सहज हुनेछ ।

यही बिचारलाई आत्मसात गरि बिरामीकै आगन्तुकबाट बिरामीलाई शिघ्र स्वास्थ्य लाभ कामनासहित आर्थिक सहयोगको संस्कारलाई अघि बढाउन हामीले अन्नपूर्ण न्यूरो अस्पतालले नयाँ कार्यक्रमको थालनी गरेका छौं । थालनी गरेको केहि अवधि मै त्यो कार्यक्रम निकै नै सफल पनि भएको छ । कार्यक्रमको नाम रहेको छ, 'गेट वेल सुन कार्ड' कार्यक्रम अर्थात 'शिघ्र स्वास्थ्य लाभ कार्ड कार्यक्रम' । यस कार्यक्रम अन्तर्गत बिरामीलाई प्रत्यक्ष रुपमा खाममा वा हातमा पैसा नदिएर शिघ्र स्वास्थ्य लाभ पोष्ट कार्ड मार्फत आर्थिक सहयोग गरिने छ । कार्डको मूल्य रु. २५०, रु. ५०० र रु. १००० तोकिएको छ । यस अन्तर्गत बिरामी भेट्न आउने आगन्तुकले अस्पताल फार्मेसी भित्रबाट यि मुल्य बराबरका शिघ्र स्वास्थ्य लाभ पोष्ट कार्ड खरिद गर्न सक्छन् । यति मात्र होइन कार्डको पछाडी रहेको खाली भागमा बिरामी र बिरामी पक्षलाई हौसला दिन केहि शुभकामना सन्देश पनि कोर्न सकिनेछ ।

बिरामीले जम्मा गरेको कार्ड बिरामी डिस्चार्ज हुने क्रममा डिस्चार्ज काउन्टरमा बुझाउँदा कार्डको मूल्य बराबरको रकम अन्तिम बिलमा छुट हुनेछ । अस्पतालमा आएको धेरै बिरामीका आफन्तहरुले यस कार्डको फाइदा उठाइ बिरामी तथा बिरामी पक्षप्रति सहयोगको हात बढाइसकेका छन् । यति मात्र होइन यो कार्यक्रम सुरु गर्नुभन्दा पहिले अस्पतालमा आएका सय भन्दा बढी बिरामी तथा आगन्तुकहरुसँग यस कार्यक्रमको बारेमा सल्लाह सुझाव लिदा सतप्रतिशत कै घतलाग्दो समर्थन मिलेको थियो ।

नुवाकोटबाट छारे रोगको उपचार गराउन आएका मान बहादुर गुरुङका परिवारको आर्थिक स्थिति निकै नै कमजोर थियो । अस्पताल प्रशासनसँग अस्पताल आएको दोश्रो दिनदेखि नै छुटको व्यवस्था मिलाइदिन आग्रह गरिरहेका थिए । उपचारका क्रममा छ दिनको अस्पतालमा बसाइ भयो र जम्मा बिल करिब १५ हजार रुपैयाँ उठेको रहेछ । पाँचौ दिनको दिन एक जना साथी आएर ९ वटा 'शिघ्र स्वास्थ्य लाभ कार्ड' कार्ड दिंदा अन्तिम बिल बाट करिव ७५ प्रतिशत जति छुट पाउदा मान बहादुर र उसका परिवारको आँखाबाट खुसी आसु झर्न मात्र सकेको थिएन ।

आखिर सबै थोक संस्कार नै रहेछ । पहिला पहिला बिहेमा खड्कुलो, गाग्री, भाँडाकुडा आदि इत्यादि दिने चलन थियो । त्यो संस्कार आधुनिकतासँगै जिन्सीबाट नगदमा परिणत भइसकेको सबैलाई अवगत नै छ । अस्पतालमा पनि यहि संस्कारलाई अग्रसरता दिने हो भने यस संस्कारले बिरामी, बिरामी पक्ष, आगन्तुक, अस्पताल सबैका प्रसन्नता र एक प्रकारको आर्थिक बोझको चपेटा घटाउन, बिरामी पक्ष र आगन्तुकबीच आपसी सम्बन्ध अझै प्रगाढ हुन ठूलो मद्दत गर्नेछ । आशा छ, आगामी दिनहरुमा नेपालमा रहेका अन्य अस्पतालहरुले पनि यहि चलनको अनुसरण गर्दै आ–आफ्नो बिरामीलाई सहयोग हुने वातावरण मिलाउन सकिनेछ ।

(अस्पताल प्रशासनमा एमडी गरेका डा गजुर्‍याल हाल अन्नपूर्ण न्यूरो अस्पतालमा सहायक मेडिकल डाइरेक्टर छन् ।)

प्रकाशित : असार ५, २०७४ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?