देशको आर्थिक क्षेत्रमा असहज स्थिति आउनसक्ने अन्योलको वातावरण छाइरहेको बेला नेपाल राष्ट्र बैंक ले यस आर्थिक वर्षको कार्यदिशासहित मौद्रिक नीति घोषणा गरेको छ । घोषित मौद्रिक नीतिले विभिन्न कारणहरू उद्धृत गर्दै तरलता, ब्याजदर, शोधनान्तर स्थिति, मूल्य सबैमा आगामी दिन सजिलो छैन भन्ने स्विकारेको छ । त्यसैमा टेकेर मौद्रिक नीतिका प्रावधानहरू सार्वजनिक गरिएको छ ।