गोपाल खनाल

गोपाल खनालका लेखहरु :

एकीकरण बहसमै कति अलमलिने ?

पृथ्वीनारायण शाहलाई देशनिर्माता मात्रै भन्ने वा राष्ट्रनिर्माता पनि भन्ने बहस अब त्यति आवश्यक छैन । पछिल्लो दशकको उत्तरार्द्धतिर आउँदा त्यो अस्पष्ट धर्सो मेटिँदै छ । बदनाम राजतन्त्रविरुद्धको आन्दोलन हुँदा राजतन्त्रलाई सामन्तवादको नाइके भन्ने भाष्यको सिकार पृथ्वीनारायण भए । किनभने उनीबाटै नेपालमा हामीले बुझ्ने राजतन्त्रको सुरुवात भएको हो । त्यस्तै, जातीय संघीयताका पक्षमा आन्दोलन हुँदा पहाडे खस बाहुन वर्गका मात्र राजाका रूपमा उनलाई सीमित गर्ने काम पनि भयो, जबकि उनले देशभित्रका स्थानीय धर्म, भाषा, संस्कृतिको प्रवर्द्धन गरिएका लेखोट छन् । अर्थात्, जातिविशेषप्रति उनमा प्रेम र घृणा कहीँकतै भेटिँदैन । जातीय राज्य आफैंमा विभाजनकारी सोच हो ।

दलीय राजनीतिको सकारात्मक धार

दक्षिण अमेरिकी राष्ट्र चिलीमा ३५ वर्षका युवा ग्याब्रियल बोरिक राष्ट्रपति निर्वाचित हुँदा उनले दुई इतिहास रचे । पहिलो, उनी चिलीका अहिलेसम्मकै सबैभन्दा युवा राष्ट्रपति भए भने दोस्रो, अहिलेसम्मकै सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने राष्ट्रपति पनि बने । तर संसद्मा भने उनको गठबन्धनको बहुमत छैन, त्यसो हुँदा निर्वाचनताका घोषित महत्त्वाकांक्षी पेन्सन, स्वास्थ्य सुविधा र कर सुधारजस्ता एजेन्डालाई कसरी अघि बढाउँछन्, त्यो चुनौतीपूर्ण छ । विश्लेषकहरूले भने बोरिकको आगमनलाई चिलीको राजनीतिको परिवर्तित मोडका रूपमा विश्लेषण गरेका छन् ।

अध्यक्षमा फेरि किन ओली ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को महाधिवेशन नजिकिँदै जाँदा आगामी पाँच वर्षका लागि कस्तो नेतृत्व आउँछ भन्ने विषयमा जति चासो पार्टी पंक्तिमा छ, त्यसभन्दा बढी बहस पार्टीबाहिर देखिन्छ । अध्यक्षमा केपी शर्मा ओलीको निरन्तरताको विकल्प देखिँदैन भन्ने एमालेभित्रको निष्कर्षमा बाह्य प्रहार बढी केन्द्रित देखिन्छ ।

भारत महाशक्तितिर, चीन छिमेकीतिर

२२ जुन २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ र भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्लेबीच रियो दी जेनेरियोमा दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भेटवार्ता हुँदा थिम्पुमा चिनियाँ दूतावास खोल्ने समझदारी भयो । प्रधानमन्त्रीको तहमा भएको यो पहिलो वार्तामा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाका लागि सीमा समस्या समाधान गर्दै अघि बढ्ने सहमति भयो ।

देउवाको ‘असन्तुलित’ छिमेक नीति

अन्तर्राष्ट्रिय सम्बन्धका नवयथार्थवादी सिद्धान्तकार केनेथ वाल्टले सन् १९७९ मा एउटा पुस्तक लेखे— ‘थ्योरी अफ इन्टरनेसनल पोलिटिक्स’ । कुनै पनि सार्वभौम देशले आफ्नो संरक्षणका लागि ‘ब्यालेन्स अफ पावर थ्यौरी’ र ‘ब्यालेन्स अफ थ्रेट थ्यौरी’ अख्तियार गर्न सक्छ भन्ने त्यसको सार छ ।