नेपालसँग गहिरो, ऐतिहासिक र मौलिक राष्ट्रिय पहिचान छ । तर त्यो पहिचानलाई एकीकृत राष्ट्रिय संकथनमा रूपान्तरण गर्ने प्रक्रिया अपूर्ण छ । राष्ट्रिय पहिचान जरा हो, राष्ट्रिय संकथन त्यसको प्रभावकारी अभिव्यक्ति ।
मार्क्सको २ सय ३४ वर्षअघिको समाज आज छैन र समाजमा त्यस बेलाको वर्ग विद्यमान पनि छैन । समाज नै फरक भइसकेको स्थितिमा विचारधाराले पनि रचनात्मक प्रयोग खोजेको छ । र, नामले पनि परिमार्जन खोजेको छ । त्यसैले अब कम्युनिस्ट पार्टी भनिरहनु पर्दैन, वामपन्थीभन्दा हुन्छ ।
युवा पुस्ताले नेतृत्व गर्ने बलियो रास्वपा सरकारले नेपालको राष्ट्रिय संकथन निर्माण गर्न सकोस् । तर त्यसका लागि विगतका सरकारले लिएका विदेश नीति र कूटनीतिको पुनरावलोकन गर्दै सकारात्मक अभ्यासलाई ग्रहण गर्नुपर्छ ।
भारत र चीनले ‘सफ्टपावर’लाई यसरी अघि बढाएका छन् कि, सम्भवतः विश्व व्यवस्थामा यसले हस्तक्षेपकारी परिणाम ल्याउन सक्छ । सभ्यताहरूबीच समन्वय, सहअस्तित्व र त्यसका आधारमा एसियाद्वारा पश्चिमा प्रभुत्वको विस्थापन हुन सक्छ ।
भारत–पाकिस्तानबीचको गोलाबारुद हानाहानदेखि इजरायल–हमास, रुस–युक्रेन वा शक्तिशाली शासकद्वारा धम्की दिइएका कसैका भूगोल छिन्ने वा महत्त्वपूर्ण खनिज लिने सबै सोच ‘गनबोट डिप्लोमेसी’ द्वारा निर्देशित छन्
चीनलाई ड्रागन, भारतलाई हात्ती र अमेरिकालाई चिलका रूपमा विश्व राजनीतिमा प्रतीकात्मक रूपमा चित्रण गरिन्छ, जसले क्रमशः चीनको उदयशील शक्ति, भारतको स्थिर र सम्यक दृष्टिकोण र अमेरिकाको विश्वव्यापी प्रभुत्वलाई जनाउँछन्
नरेन्द्र मोदीले नेतृत्व गरेको भारतले नेपालमा राजतन्त्रलाई ब्युँताइदिन्छ भन्नु परिवर्तित विश्व राजनीति र व्यवस्थालाई नबुझ्नु हो
पुटिनले चीनविरुद्ध ट्रम्पलाई साथ दिने सम्भावना छैन किनकि पश्चिमा नेतृत्वको विश्व व्यवस्थालाई विस्थापित गरी नयाँ व्यवस्था स्थापना गर्न चीन, रुस र भारत सहकार्यमा छन्
अहिले कांग्रेसको समर्थनको प्रधानमन्त्री बन्दासम्म ओलीले राष्ट्रिय स्वार्थमा कहीँकतै मोलाहिजा गरेका छैनन् । उनले चीन, भारत, अमेरिका ‘कार्ड’ पनि खेलेका छैनन् ।
जसरी महाशक्ति राष्ट्रले वरपर रहेका देशमा परम्परागत प्रभाव पुनःआर्जनको कूटनीतिको अभ्यास गरेका छन् । तिनले अब स्वतन्त्रता र स्वायत्तताको सीमापार गर्ने खतरा छ ।