धनाढ्य मध्यमवर्गको आर्थिक समृद्धिमा अर्थतन्त्र सबल हुन्छ र केही मानिस धनी भए भने सामान्यजनसम्म पनि प्रतिफल चुहिन्छ हुन्छ भन्ने आत्मरतिमा रास्वपा रहेको पुष्टि भएको छ ।
नवउदारवादी पण्डितहरूले अर्थतन्त्रमा धनीले कमाए भने तलसम्म चुहिन्छ र तल्लो वर्गका मान्छेको पनि कल्याण हुन्छ भन्छन् । तर नवउदारवादी पुँजीवादमा सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण हुन सम्भव नै छैन ।
राज्यले आम नागरिकको हितमा निश्चित क्षेत्रमा हस्तक्षेप, सहुलियत, सुरक्षा तथा घरेलु उत्पादनमा प्रभावशाली भूमिका निर्वाह गर्न जरुरी छ ।
यतिबेला पुरानै दल दोहोरिन पनि सक्लान्, नयाँ पनि आउलान् तर रूपान्तरण नचाहने दलहरूविरुद्ध विद्रोह दोहोरिरहने सम्भावनालाई नकार्न सकिँदैन।
पछिल्लो २५ वर्षमा भारतीय राजनीतिक ठालुहरूले अमेरिकालाई असल सहयात्री ठानेका थिए, इन्डो–यूएस न्युक्लियर डिल, इन्डो–प्यासिफिक र क्वार्ड सम्झौता गरेर अमेरिकाको हितमा गुण लगाए तापनि पाकिस्तानको अगाडि भारतको महत्त्व कमजोर देखियो
सन् २००० पछि रंगीन क्रान्तिमार्फत आएका शासकहरूको दिनचर्या केही दिन रोमान्टिक, रिभोलुसनरी, सुधारक र हिरो हौं भन्ने देखाउनमा बित्छ । तर, केही दिनपछि प्रतिफल दिन नसक्दा आफूविरुद्ध खनिन अरू कोही होइन, आफन्तै आइपुग्छन्
ओली, दाहाल र नेपालको नेतृत्वमा कम्युनिस्ट पार्टी र आन्दोलन अगाडि बढ्छ भनेर अझै पनि कसैले सोचेको छ भने त्यो व्यक्ति या त महाभ्रममा छ, या कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने योजनामा सहमत छ ।
वास्तवमा कताकता पुष्पलालले ठहर्याएको संसदीय मूलबाटोको प्रतिरूप नै बहुदलीय जनवाद हो कि भन्ने देखिन्छ । २०२४/२५ सालतिर पुष्पलालले कोरेको कार्यनीतिलाई कामरेड मदन भण्डारीले नयाँ परिवेशमा परिभाषित गरेझैं लाग्छ
लोभलालच, सोचविहीनता, चाटुकारिता, झूट, आजको वामपन्थी आन्दोलनको सच्चाइ हो, आदर्श, त्याग, लडाइँ, मुक्ति, समाजवाद, समानता, शिक्षा र स्वास्थ्यमा पहुँच आदि आदर्श वाक्यहरू अर्थको अनर्थमा अनुवाद गरिए
बजेटले जसलाई प्राथमिकतामा राखेको र अर्थतन्त्रको ड्राइभिङ सिटमा बसालेको छ, त्यसले फराकिलो आर्थिक वृद्धिको कल्पनै गर्न सकिन्न