नेपालको संविधानले राज्यशक्तिलाई संघ, प्रदेश र स्थानीय तहले प्रयोग गर्ने गरी अनुसूचि ५ देखि ९ सम्म तीन तहका एकल अधिकार र साझा अधिकारका सूचीहरुको व्यवस्था गरेको छ। संविधानको धारा ५९ ले तीनै तहले आफ्नो अधिकार क्षेत्रभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट बनाउने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्नेसमेत व्यवस्था गरेको छ।
आधुनिक लोकतान्त्रिक राज्य प्रणालीमा नागरिकले हरेक सरोकारका विषयहरू प्रत्यक्ष रूपमा शासन प्रणालीमा सहभागी नभई आफ्ना प्रतिनिधिमार्फत सम्बोधन गर्ने गर्छन् ।
नेपालको सार्वजनिक खरिद ऐन–२०६३ र सार्वजनिक खरिद नियमावली–२०६४ ले सार्वजनिक निकायहरूले मालसामान, परामर्श वा अन्य सेवा प्राप्त गर्ने, कुनै निर्माण गर्ने–गराउने कार्यलाई सार्वजनिक खरिदका रूपमा परिभाषित गरेका छन् ।