नेपाल र भारत दुई ऐतिहासिक र सनातन धर्मका अनुयायी राष्ट्रहरूबीचको सम्बन्ध अहिले इतिहासमै सबैभन्दा तल्लो स्तरमा झरेको छ । यी दुवै राष्ट्रले सदियौंदेखि शान्तिपूर्वक, एकले अर्कोलाई सहयोग पुर्याउँदै विभिन्न अप्ठ्याराहरू पार गर्दै आजको दिनसम्म आफ्ना मूल्यमान्यता जीवित राख्दै आएका छन् । तर पछिल्ला वर्षहरूमा परिस्थिति बदलिएको छ ।
अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ले नेपाल मात्र होइन, धेरैजसो राष्ट्रको आन्तरिक राजनीति प्रभावित गरेका छन् ।