२०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनको प्रचार–प्रसारमा संसदीय चुनावका पुराना खेलाडी कांग्रेस, एमाले र नयाँ खेलाडी माओवादीबीच घम्साघम्सी थियो । कांग्रेस, एमालेका नेता/कार्यकर्ता मात्र होइन, आफूलाई स्वतन्त्र बुद्धिजीवी भन्नेहरुले समेत माओवादीले प्रत्यक्षमा २० सिटभन्दा धेरै जित्दैन भन्दै अखबारी पाना रंगाएका थिए ।
लोकतन्त्र पुनर्स्थापनापछि पहिलो संसदीय निर्वाचन हुँदै थियो- २०४८ वैशाख २९ गते । प्रतिनिधिसभाको २ सय ५ स्थानका लागि भएको निर्वाचनमा काठमाडौं–१ बाट तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई एमालेका महासचिव मदनकुमार भण्डारीले पराजित गरे ।
सन् १९५० बस्तीपुर, सिरहामा जन्मेकी मञ्जुला गिरिले बनारस हिन्दू विश्वविद्यालयबाट १९७२ मा राजनीतिशास्त्रमा मास्टर्स गरिन् । प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनसँगै महिला सशक्तिकरणका लागि सक्रिय उनले ‘विमन्स पार्टिसिपेसन इन् १९९० प्रो–डिमोक्रेटिक मुभमेन्ट’ मा १९९६ मा सिटी युनिभर्सिटी अफ न्युयोर्क, अमेरिकाबाट विद्यावारिधि गरेकी छन् ।
२०४७ देखि २०७९ सालसम्म आइपुग्दा नेपाली लोकतन्त्रले विभिन्न प्रकारको अभ्यास गरेको छ । राजासहितको संसद्, राजाविहीन संसद् र सत्ता दुवैको अनुभव बटुलेको छ । राजनीतिक दलहरुले प्रतिपक्षविहीन संसद्को समेत अभ्यास गरेका छन् ।
आमनिर्वाचन नजिकिँदै छ । अर्को साताको सुरुमै विभिन्न दलले आफ्ना उम्मेदवारहरु चयन गरिसक्नेछन् । उम्मेदवारी टुंगो लाग्नासाथ देशभरका निर्वाचन क्षेत्रमा चुनावी रौनक छाउनेछ ।
महानिर्वाचनअघि राजनीतिक दलहरूले मतदातासँग वाचा गर्छन् । त्यस्तो वाचा किन गर्छन् त ? सपना बाँडेर समाजमा आस जगाउन दलहरूले चुनावअघि घोषणापत्र सार्वजनिक गर्छन् । त्योसँगै मतदाताका घरदैलोमा पुग्छन् । मत माग्छन् ।
२०७४ सालमा भएको संसदीय निर्वाचनमा हुम्लाबाट छक्कबहादुर लामा एकजना मात्र स्वतन्त्र हैसियतमा संसद् भवन छिरेपनि उनले सभामा खासै बोलेको सुनिँदैन । राष्ट्रिय सवालमा माओवादी जता उभियो त्यतै उभिने गर्छन् उनी । यसपालि स्वतन्त्र उठ्ने कि माओवादीबाट? लामाले भने, ‘दलबाटै उठ्छु भनेको हो । हाम्रो पार्टी माओवादीबाट उठ्न मन छ । तर अर्का पनि एकजना पार्टीका वरिष्ठ साथीले चाहना गर्नुभएको छ ।’
संसदीय अभ्यासको ३२ वर्ष बितेको छ । यस अवधिमा सातवटा संसद् गठन भए । अब मुलुक आठौँ संसदीय निर्वाचनको प्रक्रियामा छ । ३२ वर्षसम्म नेपालले के-कस्ता संसदीय उतारचढाव पार गर्यो ? केही तथ्यगत रोचक पक्ष छन् ।
२०४८ सालयताका ७ वटा संसदीय निर्वाचनमा झापाका कृष्णप्रसाद सिटौला र काठमाडौंका कृष्णगोपाल श्रेष्ठलाई तिनका पार्टीले सातैपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनायो । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री सिटौलाले सातपटक संसद्को चुनाव उठे तर चारपटक हारे, तीनपटक जिते ।
कोही कोही नेता प्रत्यक्ष निर्वाचन जितिसकेपछि सरकारमा पुगून् कि सांसदमात्र बनून्‚ केन्द्रीयस्तरमा प्रभुत्व कायम गर्न सफल हुन्छन् । र, केन्द्रमा आर्जित त्यस प्रकारको प्रभुत्वलाई आफ्नो निर्वाचन क्षेत्रमा पनि विस्तार गर्न सफल हुन्छन् ।