२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कल्पना भण्डारी

कल्पना भण्डारीका लेखहरु :

दलीय सिन्डिकेटको भुमरीमा नागरिक

निर्दलीय पञ्चायती व्यवस्थामा नागरिक तथा मानव अधिकार कुण्ठित भयो, नागरिक सार्वभौमसत्ता सम्पन्न भएनन्, देश अधोगतिमा गयो, देशले उचित निकास पाएन भन्दै हजारौं नागरिकको बलिदानीमा तुलनात्मक रूपमा उत्कृष्ट मानिएको लोकतान्त्रिक राज्यव्यवस्था प्रणाली स्थापना भएको हो ।

श्रमिकको सम्मान कहिले ?

जनकपुरधाममा काम गरेको ज्याला माग्दा महोत्तरीका निर्माण व्यवसायीले अमानवीय व्यवहार गरेका समाचारहरू विभिन्न छापामा आए । ज्यालाका लागि बोलाएर कुटपिट गरी चोकको बिजुलीको खम्बामा पाता कसेर, मोसो दलेर, केश मुण्डन गरी अपमानजनक व्यवहार गरियो ।

उफ ! गृहस्थ जीवन

‘जीवन अवसर हो, यसको फाइदा लिनुहोस्; जीवन सुन्दरता हो प्रशंसा गर्नुहोस्; जीवन सपना हो, महसुस गर्नुहोस्; जीवन चुनौती हो, सामना गर्नुहोस्; जीवन वाचा हो, पूरा गर्नुहोस्; जीवन पीडा हो यसलाई जित्नुहोस्; जीवन गीत हो, यसलाई गाउनुहोस्; जीवन संघर्ष हो, यसलाई स्विकार्नुहोस्’ मदर टेरेसाका यी कथनलाई मनन गर्ने हो भने मानव जीवन सृष्टिकै एक सुन्दरतम, अतुलनीय र अद्भुत यथार्थ हो । 

चुनावमा ओझेल श्रमिकका सवाल

सन् १८८६ मा अमेरिकाको सिकागो सहरको हेमार्केटमा श्रमिकहरूले ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासाथ सुरु गरेको र्‍यालीमा प्रहरीहरूलाई लक्षित गरी बम विस्फोट भयो । विस्फोट गराउनेको परिचय नखुलेपछि आन्दोलन गरिरहेकाहरूमाथि गोली चलाउँदा सात मजदुरको मृत्यु भयो । त्यसपछि श्रमिक आन्दोलनले सफलता पाएको इतिहास छ । त्यसैको सम्झनामा हरेक मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइँदै आइएको छ ।

सार्वजनिक बिदामा सरकारको स्वेच्छाचारिता !

नियमित सप्ताहबाहेक धर्म, संस्कृति, परम्परा लगायतले महत्त्वपूर्ण मानेका दिनमा पनि बिदा दिने विश्वव्यापी चलन छ । यसैका आधारमा हरेक देशले आफ्नै वार्षिक क्यालेन्डर बनाएको हुन्छ । सप्ताह बिदा अधिकांश देशमा शनिबार र आइतबार हुने गर्छ । अन्तर्राष्ट्रिय श्रम संगठनले तय गरेको दैनिक आठ तथा साप्ताहिक चालीस घण्टाको कार्य समयलाई आधार मानेर प्रायः देशमा साप्ताहिक कार्यदिन तोकिएको हुन्छ । हाम्रोमा पनि यही अवधारणा बमोजिम आइतबारदेखि बिहीबारसम्म दैनिक सात र शुक्रबार पाँच गरी हप्तामा चालीस घण्टा पुर्‍याइएको छ । शनिबार बिदा हुने गरी सरकारले क्यालेन्डर प्रकाशित गर्छ ।

मलाई पनि नियुक्ति देऊ, सरकार !

मेरी एक आफन्त घरगृहस्थी चलाउँदै थिइन् । उनी जागिर भनेर कतै काम गर्न गए जस्तो लाग्दैनथ्यो । स्नातकसम्म पढेको थाहा पाएकी थिएँ । अलि अघिको भेटमा मलाई भन्दै थिइन्, ‘तिमीले त स्नातकोत्तर गरेकी छौ, कुनै राम्रो ठाउँमा जागिर खाऊ न । मैले त्यति पढेकी भए त किन घरमा मात्र बस्थें र !’ केही दिनअगाडि मलाई बस कुरिरहेको देखेर उनले गाडी रोकिन् र बोलाइन् । उनको र मेरो घर एउटै दिशामा नपरे पनि मलाई घरसम्म छोडिदिइन् ।

व्यक्तिकेन्द्रित लोकतन्त्र

केही दशकदेखि राजनीति केही शीर्ष नेताहरू वरिपरि घुमिरहेको छ । राज्यका संयन्त्रहरू राष्ट्र हितभन्दा पनि उनीहरूकै गुटगत स्वार्थपूर्तिका साधनका रूपमा प्रयोग भए । सत्ताको दुरुपयोग गरी आफ्ना नातागोता तथा नजिकका कार्यकर्ताहरूलाई बिनाकुनै मापदण्ड सरकारी नियुक्ति दिइयो ।