२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

एनआरएनएको मतदान सुरु

अध्यक्षमा शेष घले र टीबी कार्कीबीच प्रतिस्पर्धा हुँदै
कृष्ण आचार्य

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
निर्वाचन आयुक्त शिवप्रसाद रिजालका अनुसार २ बजेबाट मतदान सुरु भएको हो ।

एनआरएनएको मतदान सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
निर्वाचन आयुक्त शिवप्रसाद रिजालका अनुसार २ बजेबाट मतदान सुरु भएको हो ।
‘मतदान ६ बजेसम्म चल्ने छ,’ उनले भने, ‘भोटरहरु करिब १ हजार ९ सयको संख्यामा हुनुहुन्छ ।’

अध्यक्षका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ । वर्तमान अध्यक्ष शेष घले र टीबी कार्कीको उमेद्वारी परेको छ । रतन कुमार झाले अध्यक्षमा उमेदवारी दर्ता गरेपनि उनले घलेलाई समर्थन दिदै फिर्ता लिएका छन् ।

दुई उपाध्यक्ष पदका लागि ६ जनाको उमेद्वारी परेको छ । भवन भट्ट, कुमारप्रसाद पन्त, खगेन्द्र क्षेत्री, लक्ष्यबहादुर गुरुङ, नरेन्द्र बहादुर भाट र शम्शेर सिंह थापाले उपाध्यक्ष पदका लागि उमेदवारी दिएका छन् ।

महासचिबमा बद्री केसी, पुष्प तिमिल्सिना, पुष्प थापा र रन्जु थापाको उमेदवारी दर्ता भएको छ । सचिबमा र कोषध्यक्षमा भने ४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिले जनाएअनुसार सचिवमा अर्जुनकुमार श्रेष्ठ, धरमबहादुर केसी, गणेश केसी र सुरेन्द्र प्रसाद श्रेष्ठको उमेदवारी परेको हो । कोषध्यक्षमा भैरव प्रसाद ढकाल, चिरन्जीबि थापा, हिक्मतबहादुर थापा, राजेन्द्र सिवाकोटी र यम कुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

एनआरएनएको आगामी कार्यकालका लागि २२ वटा पदमा निर्वाचन हुन लागेको हो । सबै पदका लागि ५९ जनाको उमेदवारी परेको छ । उमेदवारी दिने अधिकांश पदाधिकारीले भूकम्पपछिको पुननिर्माण, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र आर्थिक विकासमा योगदान पुर्‍याउने विषयलाई चुनावी एजेन्डा बनाएका छन् । ‘विद्युतीय मतदान भएकाले साँझसम्ममा परिणाम सार्वजनिक हुने छ,’ आयुक्त रिजालले भने ।

प्रकाशित : आश्विन २८, २०७२ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?