१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

एनआरएनए अध्यक्षका उम्मेद्‌वार रतन झाद्वारा उम्मेद्‌वारी फिर्ता

कृष्ण आचार्य

काठमाडौं — नयाँ नेतृत्व चयनका लागि विदेशमा बसेका डायस्पोराको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

एनआरएनए अध्यक्षका उम्मेद्‌वार रतन झाद्वारा उम्मेद्‌वारी फिर्ता



सम्मेलनमा अध्यक्षका प्रत्याशी मध्येका रतन झाले उम्मेद्‌वारी फिर्ता लिएका छन् । उनले एनआरएनए एकताको लागि उम्मेद्‌वारी फिर्ता लिएको जानकारी दिए ।

उनले शेष घलेलाई सघाउने भएका छन् । मतदान १ बजेदेखि साँझसम्म हुनेछ ।

अर्का अध्यक्ष प्रत्याशी टिबी कार्कीलाई उम्मेद्‌वारी फिर्ता लिन आग्रह गरि राखिएको सम्मेलनमा सहभागीले जनाएका छन् । कार्कीले पनि उम्मेद्‌वारी फिर्ता लिएमा घले एनआरएनए अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन् ।

यस्तै एशिया संयाेज सोमचाई क्षेत्रीले पनि अाफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रकाशित : आश्विन २८, २०७२ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?