२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

एनआरएन अध्यक्षमा तीनको उम्मेद्‌वारी

उपाध्यक्ष ६ जना र महासचिवमा ४ जना
सचिवमा ४ र कोषाध्यक्षमा ५ जना भिड्दै
कृष्ण आचार्य

काठमाडौं — गैर आवासीय नेपाली संघ (एनआरएन) को अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ ।

एनआरएन अध्यक्षमा तीनको उम्मेद्‌वारी

वर्तमान अध्यक्ष शेष घले, टिबी कार्की र रतन झाको उम्मेद्‌वारी परेको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्षमा भने ६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

दुई उपाध्यक्ष पदका लागि भवन भट्ट, कुमार पन्त, खगेन्द्र जिसी र लक्ष्य बहादुर गुरुङ, नरेन्द्र बहादुर भाट र शम्शेरसिंह थापाले उम्मेद्‌वारी दर्ता गरेका हुन् । त्यस्तै महासचिवमा भने बद्री केसी, पुष्प तिमिल्सिना, पुष्प थापा र रन्जु थापाबीच प्रतिस्पर्धा हुने भएको छ । कोषध्यक्ष पदमा भने ५ जनाको उम्मेद्‌वारी परेको छ । हिक्मत थापा, चिरन्जिवी थापा, भैरवप्रसाद ढकाल, राजेन्द्र सिवाकोटी र यमकुमार गुरुङबीच कोषध्यक्ष पदको लागि निर्वाचन हुने भएको हो ।

त्यस्तै सचिवमा भने सुरेन्द्रप्रसाद श्रेष्ठ, धरम बहादुर केसी, गणेश केसी र अर्जुनकुमार श्रेष्ठको उम्मेद्‌वारी परेको छ । ‘उम्मेद्‌वारी दर्ता गर्ने अन्तिम समय आज बिहान नौ बजे सम्मका लागि तोकिएको थियो,’ निर्वाचन आयुक्त शिवप्रसाद रिजालले भने, ‘उम्मेद्‌वारी फिर्ताको समय भने आज साँझ सम्मका लागि तोकिएको छ । भोलि निर्वाचन हुने छ ।’ एनआरएनको आगामी कार्यकालका लागि सबै पदमा उम्मेद्‌वारी परेको छ । निर्वाचन समितिका अनुसार २२ पदमाका लागि निर्वाचन हुन लागेको हो । एनआरएन सम्मेलन उपत्यकाको सोल्टी होटलमा चलिरहेको छ ।

 

अध्यक्ष
रतनकुमार झा
शेष घले
टेकबहादुर (टीबी) कार्की
उपाध्यक्ष (दुई पदका लागि)
भवन भट्ट
खगेन्द्र क्षेत्री
कुमारप्रसाद पन्त
लक्ष्यबहादुर गुरुङ
नरेन्द्रबहादुर भाट
शम्शेर सिंह थापा
महासचिव
बद्रि केसी
पुष्प तिमिल्सिना
पुष्प थापा
रन्जु थापा
सचिव
अर्जुनकुमार श्रेष्ठ
धरमबहादुर केसी
गणेश केसी
सुरेन्द्रप्रसाद श्रेष्ठ
कोषाध्यक्ष
भैरवप्रसाद ढकाल
चिरन्जीवि थापा
हिक्मतबहादुर थापा
राजेन्द्र सिवाकोटी
यमकुमार गुरुङ
संयोजक– एसिया
गंगाराज राई,
किरणविक्रम थापा
सोमचाई क्षेत्री
उपसंयोजक– एसिया
भवानी शंकर तिवारी
कृष्णप्रसाद पाण्डे
रोविन्द्रप्रसाद श्रेष्ठ
संयोजक– अमेरिका
रामचन्द्र खरेल
सोनाम लामा
उपसंयोजक– अमेरिका
आङछिरि शेपा
विनोद केसी
शिवकुमार राई
संयोजक–मध्यपूर्व
डम्बरबहादुर क्षेत्री
झम्कप्रसाद सापकोटा
उपसंयोजक– मध्यपूर्व
धर्मराज गिरी
कल्याणकुमार श्रेष्ठ
उमेश अधिकारी
संयोजक– यूरोप
कुल आचार्य (निर्विरोध निर्वाचित)
उपसंयोजक– यूरोप
दावा गाल्जे शेर्पा
हेमन्त सेढाई
प्रेमबहादुर गुरुङ
शिवकुमार बरुवाल
सुवास पोखरेल
थर्कबहादुर सेन
संयोजक– ओसनिया
भोमादेवी लिम्बू
महेन्द्रकुमार लम्साल
उपसंयोजक– ओसनिया
होमनाथ पाण्डे
रमेश जोशी
संयोजक– अफ्रिका
सुनिल कार्की (निर्विरोध निर्वाचित)
उपसंयोजक– अफ्रिका
उम्मेदवारी परेन
युवा संयोजक
विजय पोखरेल
फणिन्द्र पन्त
कृष्ण गिरी
निर्मल अर्याल
निरञ्जन प्रसाईं
युवा उपसंयोजक
लोकराज शर्मा (निर्विरोध निर्वाचित)
महिला संयोजक
सपिला राजभण्डारी (निर्विरोध निर्वाचित)
महिला उपसंयोजक
भगवती बस्नेत
रजनी प्रधान

प्रकाशित : आश्विन २७, २०७२ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?