१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

एनआरएन मध्यपूर्व संयोजकमा सापकोटाको उम्मेदवारी

कान्तिपुर संवाददाता

काठमाडौं — एनआरएनए मध्य पूर्व संयोजकमा बहराइनवाट जेपी सापकोटाको उम्मेदवारी परेको छ ।

एनआरएन मध्यपूर्व संयोजकमा सापकोटाको उम्मेदवारी

खाडी मुलुकवाट प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेका सापकोटाले खाडी मुलुकमा बस्दै आएका हजारौ नेपाली कामदारको समस्या हल गर्न उम्मेदवारी दिएको बताए । चुनावी प्रतिस्पर्धामा आएसँगै सापकोटा चुनावी अभियानमा जुटेका छन् ।

श्रम व्यापार पर्यटन हकहित र पहिचान, मध्य मैत्री एनआरएन एकता अभियान नारा दिएर चुनावी मैदानमा निस्किएका सापकोटाले खाडीमा वस्दै आएका नेपालीको समस्या हल गर्न कुनै कसरत बाँकी नराख्ने बताए । नेपाल सरकारसँग सहकार्यमा खाडीका कामदारको हितमा काम गर्ने उनले जिकिर गरे । सापकोटा लामो समयदेखि एनआरएन र सामाजिक गतिविधीमा सक्रिय छन् ।

 

प्रकाशित : आश्विन २३, २०७२ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?