कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सन् १९८६ मा आजकै दिन : बेनजिर भुट्टो स्वदेश फिर्ता

काठमाडौँ — सन् १९८६ मा आजकै दिन (अप्रिल १०) मा पाकिस्तानी नेतृ बेनजिर भुट्टो निर्वासनबाट स्वदेश फर्किएकी थिइन् । १९८५ डिसेम्बरमा पाकिस्तानमा सैन्य कानुन हटाइएसँगै १९८६ अप्रिलमा बेनजिर बेलायतबाट पाकिस्तान फर्केकी हुन् ।

सन् १९८६ मा आजकै दिन : बेनजिर भुट्टो स्वदेश फिर्ता

१९५३ को जुन २१ मा पाकिस्तानको कराँचीमा जन्मिएकी बेनजिर पाकिस्तानको एकमात्र महिला प्रधानमन्त्री हुन् । उनी १९८८ देखि १९९० र १९९३ देखि १९९६ सम्म पाकिस्तानको प्रधानमन्त्री थिइन् ।

उनको दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) १९९७ को चुनावमा पराजित भएपछि बेनजिर पुनः स्वैच्छिक निर्वासनमा गएकी थिइन् । लन्डन र दुबईमा करिब दस वर्ष निर्वासित जीवन बिताएकी बेनजिर २००८ को चुनावी तयारीका लागि स्वेदश फर्केकी थिइन् । बेनजिरको २००७ डिसेम्बर २७ मा हत्या गरिएको थियो ।

प्रकाशित : चैत्र २८, २०८० ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?