कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

सन् १९१७ मा आजकै दिन : पहिलो विश्वयुद्धमा अमेरिका

काठमाडौँ — आजकै दिन (६ अप्रिल) सन् १९१७ मा अमेरिकाले पहिलो विश्वयुद्धमा सहभागी भएको औपचारिक घोषणा गरेको थियो । अमेरिकी संसद्ले ६ अप्रिलमा युद्धको पक्षमा मतदान गरेपछि अमेरिका औपचारिक रूपमा जर्मनीविरुद्ध पहिलो विश्वयुद्धमा होमिएको हो ।

सन् १९१७ मा आजकै दिन : पहिलो विश्वयुद्धमा अमेरिका

सन् १९१४ मा विश्वयुद्ध सुरु भए पनि तीन वर्षसम्म अमेरिकाले प्रत्यक्ष रूपमा युद्धमा भाग लिएको थिएन । तर, जर्मनीले अमेरिकी मालवाहक पानीजहाजमा लगातार क्षति पुर्‍याएपछि अमेरिकी जनमत जर्मनीविरुद्ध युद्ध लड्नुपर्ने पक्षमा उभिएको थियो । करिब चार वर्ष चलेर सन् १९१८ नोभेम्बर ११ मा अन्त्य भएको पहिलो विश्वयुद्धमा २० लाखभन्दा बढी अमेरिकी सैनिक पश्चिम युरोपका युद्धभूमिमा खटिएका थिए । त्यस क्रममा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।


प्रकाशित : चैत्र २४, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?