कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सन् २०१८ मा आजकै दिन : मर्केल चौथो पटक चान्सलर 

काठमाडौँ — सन् २०१८ मा आजकै दिन (मार्च १४) मा एन्जेला मर्केलले जर्मन चान्सलरका रूपमा चौथो कार्यकाल सुरु गरेकी थिइन् । उनी आमनिर्वाचनको एक सय ७१ दिनपछि गठबन्धन सरकारको प्रमुख बनेकी थिइन् । 

सन् २०१८ मा आजकै दिन : मर्केल चौथो पटक चान्सलर 

मर्केल युरोपेली देशमा सबैभन्दा लामो समय सरकार प्रमुख बन्ने नेत्री हुन् । २००० देखि क्रिस्टियन डेमोक्रेटिक युनियन (सीडीयू) प्रमुख बनेकी मेर्केल पहिलो पटक २००५ मा जर्मनीको चान्सलर बनेकी थिइन् ।

त्यसयता उनी २०२१ सम्म लगातार उक्त पदमा थिइन् । उनी जर्मनीको चान्सलर बन्ने पहिलो महिलासमेत हुन् । १९५४ जुलाई १७ मा पश्चिम जर्मनीको हामबर्गमा जन्मिएकी मर्केल ‘बर्लिन पर्खाल’ ढलाउने १९८९ को क्रान्तिसँगै राजनीतिमा सक्रिय बनेकी थिइन् । जर्मनीको अर्थतन्त्र उकास्न उल्लेखनीय भूमिका खेलेकी मर्केललाई युरोपेली राजनीतिमा ‘द डिसाइडर’ को उपनामले समेत चिनिन्छ ।

प्रकाशित : चैत्र १, २०८० ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?