कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

बेइजिङमा चिनियाँ जनकांग्रेसको बैठक सुरू, सीपीपीसीसी जारी 

लक्ष्मी लम्साल

बेइजिङ — चौधौँ चिनियाँ राष्ट्रिय जनकांग्रेस (एनपीसी) को दोस्रो अधिवेशन आजदेखि ग्रेट हल अफ द पिपुल्समा सुरू भएको छ। बेइजिङ समयअनुसार बिहान ९ बजेदेखि सुरू भएको अधिवेशनमा चीनका प्रधानमन्त्री ली छ्याङले प्रस्तुत गरेको सरकारी कार्यप्रतिवेदनमाथि छलफल चल्नेछ।

बेइजिङमा चिनियाँ जनकांग्रेसको बैठक सुरू, सीपीपीसीसी जारी 

सो अधिवेशनका प्रवक्ता लौ छिन च्यानका अनुसार ७ दिनसम्म चल्ने चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन मार्च ११ तारिख अपराह्न सम्पन्न हुनेछ। यस अधिवेशनमा ३ पटक पूर्ण बैठकको आयोजना गरिने चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्।

यसअघि सोमबारदेखि चिनियाँ राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को १४औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन चलिरहेको छ। नामअनुसार यस सम्मेलनले विभिन्न प्रतिवेदनहरूमाथि सुनुवाई गर्दै जनक्षेत्रबाट प्राप्त भएका सुझावहरूमाथि मन्थन गर्दछ। यसपटक यसका निर्धारित एजेण्डाहरूमा सीपीपीसीसी राष्ट्रिय समितिको स्थायी समितिको कार्य प्रतिवेदन र प्रस्तावमाथि समीक्षा गर्ने, चौधौँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनमा भाग लिने,सरकारी कार्य प्रतिवेदन र अन्य सम्बन्धित प्रतिवेदनहरूमाथि छलफल गर्ने लगायत रहेका छन्।

सम्मेलनको चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको राजनीतिक प्रस्ताव, स्थायी समितिको कार्य प्रतिवेदनमाथिको प्रस्ताव, चौधौँ राष्ट्रिय समितिको पहिलो अधिवेशनदेखि हालसम्मको प्रस्ताव कार्यप्रतिवेदन, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४औँ राष्ट्रिय समितिको दोस्रो सत्रमा प्रस्तावहरूमाथि समीक्षा गर्दै पारित गर्ने सम्मेलनका प्रवक्ता लिउ चेइले जानकारी दिए। यो अधिवेशन मार्च १० तारिख बिहान समापन हुनेछ। अधिवेशन ६ दिनसम्म चल्नेछ।

वर्षमा एकपटक आयोजना हुने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र राष्ट्रिय जनकांग्रेस (एनपीसी) को अधिवेशनलाई चीनमा लियाङ हुई अर्थात् दुई अधिवेशन भनिन्छ। हरेक वर्ष मार्च ४ र ५ तारिख हुने यी अधिवेशन नै चिनियाँ राजनीतिक घटनाक्रममा देखिने खालका दुई बृहत् घटना हुन्।

प्रकाशित : फाल्गुन २२, २०८० ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?