२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गाजामा युद्धविराम गर्न फ्रान्सको आह्वान

रासस/एएफपी

तेल अभिभ — फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र टिकाउ’ युद्धविरामका लागि आह्वान गरेकी छन् । युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’ बनेको उनले बताएकी हुन् ।

गाजामा युद्धविराम गर्न फ्रान्सको आह्वान

कोलोनाले तेल अभिभमा आफ्ना इजरायली समकक्षी एली कोहेनसँगको टिप्पणीका क्रममा भनिन्, ‘धेरै सर्वसाधारण मारिएका छन्, अक्टोबर ७ को आक्रमणपछि इजरायलले आक्रामक रूपमा दबाब दिँदा सम्पूर्ण क्षेत्रमा तनाव बढेको छ ।’

प्यालेस्टिनी विद्रोही समूह हमासका अनुसार गाजामा युद्धविरामका लागि इजरायल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ । गाजामा हमासविरुद्धको युद्धमा अधिकांश महिला र बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ । इजरायली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब १ हजार १ सय ४० जनाको मृत्यु भएको थियो । हमासले २ सय ४० जनालाई बन्धकसमेत बनाएको थियो ।

मन्त्री कोलोनाले यौन हिंसामा परेकालगायत हमासको आक्रमणका पीडितहरूलाई बिर्सन नहुनेमा जोड दिइन् । इजरायली विदेशमन्त्री कोहेनले लेबनानमा युद्ध रोक्नका लागि फ्रान्सले सकारात्मक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । इजरायल दक्षिणी लेबनानमा सशस्त्र समूह विशेष रूपमा शक्तिशाली इरान समर्थित हिजबुल्लाह समूहसँग नियमित रूपमा सीमापार गोलीबारीमा सामेल भएको छ । ‘इजरायलको उत्तरी सीमामा अर्को मोर्चा सुरु गर्ने कुनै मनसाय छैन तर हामी आफ्ना नागरिकहरूको सुरक्षाका लागि जे गर्नुपर्छ त्यो गर्नेछौं,’ कोहेनले भने ।

प्रकाशित : पुस २, २०८० ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?