१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

अमेरिकामा डढेलो परी एक हजार मानिस बेपत्ता, उद्धार कार्य जारी

काठमाडौँ — अमेरिकाको हवाई राज्यको माउई टापुको जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म उद्धार टोलीले डढेलोग्रस्त क्षेत्रको ६० प्रतिशतभन्दा बढी स्थानको निरीक्षण गरिसकेको छ ।

अमेरिकामा डढेलो परी एक हजार मानिस बेपत्ता, उद्धार कार्य जारी

हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुनसक्ने बताएका छन् । उनले डढेलो लागेको सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको बताउँदै उद्धार कार्य जारी रहेको जनाए । डढेलोका कारण त्यहाँको अवस्था बयान गर्न कठिन भइरहेको र ६ सय करोड बराबरको सम्पत्ति ध्वस्त भएको अनुमान गरिएको उनले बताए । उनले २२ सय भवनहरु ध्वस्त हुनुका साथै अन्य ५ सय बढी भवनमा क्षति पुगेको बताए ।

डढेलोको कारण माउईको लोकप्रिय पर्यटकीयस्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक सहर लाहैनाको धेरैजसो भूभाग जलेर नष्ट भएको छ । त्यहाँ १३ हजार बासिन्दाहरु बस्ने गर्दथे । कम्तीमा अझै एक हजार मानिस बेपत्ता भएकाले उद्धारका टोलीहरु थपेर कार्यमा खटाइएको उनले बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार माउई राज्यका उद्धार गरिएका परिवारहरुसँग भेट्ने कार्यक्रम छ ।

प्रकाशित : भाद्र ३, २०८० ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?