कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको रुसको आरोप

काठमाडौँ — युक्रेनले मंगलबार मस्कोमा ड्रोन आक्रमण गरेको रुसले आरोप लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत उच्च अधिकारीहरू बस्ने क्षेत्रमा ड्रोन आक्रमण भएको छ । तर, आक्रमणबाट केही भवनमा सामान्य क्षति मात्र पुगेको रुसी अधिकारीले बताएका छन् ।

युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको रुसको आरोप

तर, युक्रेनले भने आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । आक्रमणमा कोही घाइते भएकोबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसको हवाई सुरक्षा संयन्त्रले मस्कोतर्फ आइरहेका अन्य ड्रोन आक्रमणलाई भने निस्तेज पारेको रुसी अधिकारीले जनाएका छन् । राष्ट्रपति पुटिनले सर्वसाधारणलाई लक्षित गरी उक्त आक्रमण भएको रुसी टेलिभिजनमार्फत बताएका छन् ।

‘यस घटनामा मस्कोको हवाई सुरक्षा संयन्त्रले सामान्य तर सन्तोषजनक रूपमा काम गरेको छ, तर अझै गर्नसकिने धेरै ठाउँ छन्,’ पुटिनले भने । युक्रेनले रुसलाई तर्साउन खोजेको पनि उनले आरोप लगाए । पछिल्लो समय रुसले पनि युक्रेनमा आक्रमण तीव्र पारेको छ ।

प्रकाशित : जेष्ठ १७, २०८० ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?