अन्तरीक्षयात्री एड्रिनले ९३ वर्षमा गरे चौथो विवाह

एजेन्सी

काठमाडौँ — विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ९३ औं जन्मदिनको अवसरमा चौथो विवाह गरेका छन् । लामो समयदेखि  प्रेमिका रहेकी एन्क फाउरसँग उनीले विवाह गरेका हुन् । फाउर ६३ वर्षको छिन्।

एड्रिन निल आर्मस्ट्रङसँगै चन्द्रमा अवतरण गर्ने दोस्रो व्यक्ति हुन् । अमेरिकी सञ्चार माध्यमहरुले सानो निजी समारोहमा एड्रिनको विवाह भएको जनाएका छन् । एड्रिनले यसअघि तीन जनासँग विवाह गरिसकेका थिए ।तर उनीहरूसँग पारपाचुके भइसकेको छ ।

उनीहरूबाट एड्रिनका तीन सन्तान छन् । विवाहको बारेमा ट्विट गर्दै उनले आफू किशोर अवस्थामा पुगेको भन्दै किशोर प्रेमीको जस्तै अनुभव भएको बताएका छन् ।

एड्रिन सन् १९६९ मा एपोलो इलाभेन यानमा चन्द्रमा पुगेका थिए। आर्मस्ट्रङसँग चन्द्रमा पाइला टेकेका उनी १९७१ मा अन्तरीक्षयात्रीबाट सेवानिवृत हुनुअघि १२ दिन अन्तरीक्षमा बिताएका थिए ।

प्रकाशित : माघ ७, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्

चमेलिया किनारमा महिलाको शव फेला

मनोज बडू

दार्चुला — शैल्यशिखर नगरपालिका–९ स्थित चमेलिया नदी किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार अपराह्नतिर गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा करिब अपराहृन ४ बजेतिर महिलाको शव डुबेको अवस्थामा फेला परेको जनाएको छ ।अपराहृन ४ बजेतिर चमेलिया नदी किनारमा डुबेको अवस्थामा शव फेला परेको इप्रका गोकुलेश्वका इन्चार्ज वीरेन्द्रसिंह थापाले बताए । शवको पहिचान हुन सकेको छैन ।

शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इन्चार्ज थापाले बताए ।


प्रकाशित : माघ ७, २०७९ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×