प्रतिनिधिसभामा राप्रपाका सांसदहरूको नाराबाजी

काठमाडौँ — प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभामा राप्रपाका सांसदहरूको नाराबाजी

बैठकको सुरूमै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने समय मागेका थिए । तर सभामुख देवराज घिमिरेले बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि राप्रपाका सांसदहरूले विरोध जनाएका थिए ।

सभामुखले शून्य समयमा बोल्ने पालो दिएपछि राप्रपाका सांसदहरू रोस्ट्रम अगाडि पुगेर नाराबाजी गर्न थालेका छन् । उनीहरूले लोकतन्त्र आएपछि भ्रष्टाचार मौलाएको र त्यस्ता नेताहरूलाई जेल हाल्नुपर्ने माग गरेका थिए ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेको छलफल गर्ने कार्यसूची रहेको बैठकमा राप्रपाले अवरोध गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित : वैशाख २७, २०८० ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?