नास्टमा अन्तरिक्ष प्रदर्शनी [तस्बिरहरू]

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तरिक्षमा मानव पाइला परेको अवसर पारेर हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष दिवस नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)मा मनाइएको छ । नास्ट, अन्तरिक्ष प्रतिष्ठान नेपाल, मित्र कुञ्ज, लोकोपोकारलगायतका संस्थाको संयुक्त आयोजनामा नास्ट परिसरमा अन्तरिक्ष विमर्श तथा त्यस सम्बन्धीका प्रदर्शनीहरु गरिएको थियो ।

‘स्पेस कन २०२३’ नाम दिएर आयोजना गरिएको उक्त कार्यक्रम शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोकुमार राईले उद्घाटन गरेका थिए । कार्यक्रममा विज्ञान सचिव प्रमिलादेवी बज्रचार्य, नास्टका प्राज्ञ डा रमेशकुमार मास्के, नास्टका प्रविधि संकाय प्रमुख डा रविन्द्र ढकालले नेपालमा अन्तरिक्ष र प्रविधिको आवश्यकताको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपालमा अन्तरिक्ष कानुन र लेखनको विषयमा छुट्टै सत्र सञ्चालन गरिएको थियो । यस्तै, अन्तरिक्षमा नेपाली महिला शिर्षको सत्रमा नेपालमा भइरहेको गतिविधिको बारेमा चर्चा भएको थियो ।

नास्टको कार्यालय परिसरमा नेपाल अन्तरिक्षसँग सम्बन्धित प्रदर्शनीहरु राखिएको अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियर विकल्प ढुंगानाले जानकारी दिए । प्रदर्शनी स्थलमा नेपाली स्याट–१को नमुना, विभिन्न प्रकारका पिको र क्युब स्याटेलाइट, विद्यार्थीहरुले बनाएको रकेट, टेलिस्कोपलगायतका प्रदर्शनीहरु गरिएको थियो ।


प्रकाशित : चैत्र २९, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्

महाकाली नदी उत्खननमा ९ जनाविरुद्ध ५ करोड भ्रष्टाचारको मुद्दा

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीको उत्खनन सम्बन्धी ठेक्कामा ५ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित लेखा अधिकृत, इन्जिनियर र ठेकेदार विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, लेखा अधिकृत गोविन्द राज उपाधयाय, इन्जियिनर हिमालयसिंह ऐर, अधिकृत सुवास अधिकारी, नासु विष्णुदेव भट्ट र लेखापाल दिपेन्द्र चौधरी विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को ठेक्कामा नगरपालिकालाई ५ करोड ४३ लाख हानी नोक्सानी भएको ठहर गरेको छ । उक्त ठेक्का भवानी कन्स्ट्रक्सनलाई परेको थियो । भवानी कन्स्ट्रक्सनलाई १ करोड ९५ लाख लाभ पुग्ने गरि नगरपालिकाको राजश्व चुहावट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत गोविन्द राज उपाध्यायलाई सोही बाराबरको बिगो दाबी गरेको छ । यसैगरी भवानी कन्स्ट्रक्सनबाट बैंक जमानत नलिई सम्झौता गरेको भन्दै नगरपालिकालाई ३ कारोड ४७ लाख हानी नोक्सानी गरेको भन्दै सोही बराबरको विगो दाबी गरिएको छ ।

इन्जिनियर ऐर, अधिकृत अधिकारी, नासु भट्ट र लेखापाल चौधरीले १ करोड ९५ लाख बराबरको राजश्व चुहावट गरेको भन्दै सोही बराबरको विगो दाबी गरेको छ ।

यसैगरी भवानी कन्स्ट्रक्सनका सञ्चालक इश्वरी प्रसाद भट्ट, केशवराज भट्ट र प्रतिनिधि दिवाकर भट्टविरुद्ध समेत मुद्दा दर्ता भएको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय र ५ कारेड ४३ लाख बराबरको विगो दाबी गरिएको छ । सञ्चालक इश्वरीको मृत्यु भइसकेकाले ५ करोड ४३ लाख विगो उनकी श्रीमति खगेश्वरी भट्टबाट असुल गर्न माग गरिएको छ ।

प्रकाशित : चैत्र २९, २०७९ १९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×