युक्रेन-रुस तनाव

कसैले पनि तेस्रो विश्व युद्ध चाहेको छैन : चीन

वैशाख १४, २०७९

रुस-युक्रेन द्वन्द्व चर्किरहेका बेला चीनले कसैले पनि तेस्रो विश्व युद्ध नचाहेको बताएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सम्बन्धित पक...

युद्धभूमिबाट ज्यान जोगाएर फर्किएका रोशन 

रोशन झा (वर्ष २४) लाई लागेको थिएन रसिया–युक्रेनको लडाइँबाट बचेर आउँछु । पछिल्ला दिनमा सबैभन्दा बढी उनले आमाबुबालाई सम्झेका छन् । सोमबार दिल्लीस्थित नेपाली दूतावासमा भेटिएका झाले भने, ‘आमाबुबाको आर्शिवाद र भगवानको कृपाले युद्ध भूूमिबाट सकुशल आइपुग्न सफल भएको छु ।’ 

विस्फोटले तर्सिएका चिडियाघरका जनावरलाई सुई लगाएर लठ्याइन्छ

होरेस नाम गरेको एसियाली हात्ती विस्फोटको आवाजले यति धेरै त्रसित भएको छ कि त्यसलाई लठ्याउन सुई लगाउन थालिएको छ । जेब्रालाई पनि भित्र थुनेर राखिएको छ । गोलीबारीको आवाज सुनेर भाग्न खोज्दा सीधै बारमा गएर ठोकिन थालेपछि भित्र थुन्नुको विकल्प किभको चिडियाघरका कामदारहरूसँग छैन ।

रुसले आक्रमण सुरु गरेयता करिब १५ लाखले युक्रेन छोडे : आईओएम

रुसले युक्रेनमा आक्रमण सुरु गरेयता करिब १५ लाख मानिसले युक्रेन छोडिसकेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले जनाएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको आप्रवासी संगठनका अनुसार विगत ९ दिनमा युरोपमा यति धेरै संख्यामा मानिस विस्थापित भएको दोस्रो विश्वयुद्ध पछिकै उच्च हो ।

रुसद्वारा युद्धविराम घोषणा

युक्रेनसँगको संघर्षको दसौँ दिन रुसले अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो । 

रुसले लगायो फेसबुकमाथि प्रतिबन्ध

रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो ।

युरोपकै ठूलो आणविक ऊर्जा केन्द्रनजिकै आगलागी

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र जेपोरजियाको नजिकै आगलागी भएको छ । युक्रेनको दक्षिण-पूर्वी क्षेत्रमा रहेको यो ऊर्जा केन्द्र नजिकै रुसी सैनिकले लगातार हमला गरेपछि आगलागी भएको युक्रेनले दाबी गरेको छ ।

सीधा कुराकानीका लागि पुटिनलाई जेलेन्स्कीको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सीधा कुराकानीका लागि आग्रह गरेका छन् । फेब्रुअरी २४ देखि युक्रेनी भूमिमा रुसले लगातार आक्रमण गर्दै आएको छ ।

परमाणु युद्धबारे रुसले सोचेको पनि छैन, पश्चिमाहरूले हल्ला फिँजाएका हुन् : विदेशमन्त्री लाभरोभ

रुसका विदेशमन्त्री सेर्जेई लाभरोभले पश्चिमा मुलुकहरूले परमाणु युद्धबारे हल्ला फिँजाएको आरोप लगाएका छन् । बिहीबार रुसी समाचार संस्था आरटी न्युज तथा विदेशी पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री लाभरोभले परमाणु युद्धबारे रुसले नसोचेको बताएका हुन् ।

नेपाली नागरिकको उद्धारमा भारतले सघाउने 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनमा रहेका नेपालीलाई अन्य मुलुक हुँदै नेपाल फर्काउन भारतले सघाउने भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले युक्रेनको सीमा क्षेत्रबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपालीहरूलाई घर फर्काउनको लागि सघाउने पुर्‍याउने भएको हो । 

युक्रेनी सेनाको दाबी : संघर्षमा ९ हजार रुसी सेना मारिए

रुसी रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा आफ्ना करिब ५ सय सैनिक मारिएको बताएको छ । फेब्रुअरी २४ मा रुसले युक्रेनको दोनेत्स्क र लुहाँस्कमा आक्रमण सुरु गरेको थियो । त्यसपछि राजधानी किभ र खर्खिभलगायतका सहरमा लगातार आक्रमण गरिरहेको छ ।

रुसको आक्रमणपछि १० लाखले छाडे युक्रेन

युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएयता करिब १० लाख शरणार्थीले युक्रेन छाडेका छन् । दुई देशबीच तनाब सुरु भएको सात दिनभित्र करिब १० लाख शरणार्थीले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चआयोग (यूएनएचसीआर)ले बिहीबार जनाएको छ ।

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर पुग्यो 

रुसले युक्रेनमा आफ्ना सेनाकाे उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ । बिहीबार (साढे १२ बजे) प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढेर ११७ डलर पुगेको छ । त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो । 

युरोपको लोकतन्त्रमाथि चुनौती : म्याक्रोन

फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोनले युक्रेनविरुद्ध रुसको युद्धले फ्रान्स लगायत युरोपेली देशहरूलाई गम्भीर सन्देश दिएको बताएका छन् । राष्ट्रपति म्याक्रोनले राष्ट्रका नाममा बुधबार साँझ सम्बोधन गर्दै युक्रेनमाथि भएको रुसी आक्रमणले युरोपले धेरै सिक्न सक्ने बताउँदै त्यसले गहिरो सन्देश दिएको र यसको नतिजासमेत केहि समयपछि देखिन थाल्ने बताएका हुन् ।

ठूला प्रविधि कम्पनीले रुसमा गरे सेवा बन्द

एप्पल, गुगल, फोर्ड, हार्ले–डेभिडसन र एक्सन मोबाइलजस्ता प्रख्यात प्रविधि कम्पनीहरूले रुसको कदमको विरोध गर्दै आफ्ना उत्पादन र सेवाहरू रुसमा बन्द गर्न थालेका छन् । केही ठूला सामाजिक सञ्जालहरूले रुसी समाचार संस्थाहरूलाई आफ्ना प्लेटफर्ममा प्रतिबन्ध लगाउने घोषणा गरिरहेका छन् ।

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता 

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले देउवासँग टेलिफोन संवाद गरेका हुन् ।

युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु

युक्रेनको खर्किभ सहरमा भएको गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले मंगलबार बिहान भएको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेका छन् ।

सोमबार रातिसम्ममा २९८ नेपालीले युक्रेन छाडे

द्वन्द्वग्रस्त युक्रेनबाट सोमबार रातिसम्ममा २९८ नेपाली सुरक्षित रुपमा बाहिरिन सफल भएका छन् । यस्तै रुसको हमालबाट त्रसित खार्किभ सहरमा फसेका तीन नेपाली पनि त्यहाँबाट निस्किएर सुरक्षित स्थानतर्फ लागेको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजधानी किभतर्फ लम्किँदै रुसी सेना, वार्तापछि आक्रमण तीव्र

६ दिनअघि युक्रेन प्रवेश गरेका रुसी सैनिकहरूले राजधानी किभ कब्जा गर्नका लागि त्यसतर्फ लम्किँदै गरेको बताइएको छ । राजधानी किभ पुग्न ६५ किलोमिटर परसम्म मात्रै उनीहरूले फौज खडा गरेका छन् ।