स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेर खरिदको जिम्मा नेपाली सेनालाई सुम्पेको छ । यसअघि विभिन्न व्यापार–व्यवसाय र सरकारी आयोजनाका ठेक्कापट्टामा जोडिएको सेनाल...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपरान्ह सार्कका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखबीचहरुको भिडियो कन्फ्रेन्समा सहभागी हुने भएपछि कार्यालय आसपासमा 'डीस-इन्फेक्टेन्ट' छर्किएको छ ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ कोरोना भाइरस (कोभिड-१९)बारे छलफल हुने भएको छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने भएको हो ।
पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएर दक्षिण एसियाली सहयोग संगठन (सार्क) अघि बढाउन नचाहेको भारतले एक्कासि कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि यस क्षेत्रको साझा रणनीति बनाउन प्रस्ताव गर्नु आफैंमा सकारात्मक छ ।
विश्वव्यापी बनेको कोरोना महामारीविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन भारतले प्रस्ताव गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको रुप लिएको कोरोनाविरुद्ध लड्न त्यस्तो साझा रणनीतिको प्रस्ताव गरेका हुन् ।