सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विवाद रहित कुनै पार्टी नै नहुने बताएका छन् । नेकपा वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रम बोल्दै उनले विवाद रहित भएको दिनदेखि पार्टी नै नचाहिने बताए ।
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य हुँदै प्रधानमन्त्री बनाउने नेकपा सचिवालयको प्रयासको प्रतिपक्षी कांग्रेसका सांसद अतहर कमाल मुसलमानले सहज बाटो सुझाएका छन् ।
राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नमान्ने बताएपछि सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको छ । बुधबार आफूसमेत उपस्थित बैठकबाट निर्णय भएको दुई घण्टा नबित्दै ओलीले त्यसलाई नमान्ने भन्दै पार्टी सचिवालयको सिफारिसलाई चुनौती दिएका थिए ।
राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने परिस्थिति भएपछि मात्रै संसद् प्रवेश गर्ने नेकपा उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रियसभामा जान तयार भएका छन् ।
संविधान संशोधनका लागि कार्यदल बनाउने सचिवालयका नेताहरुबीचको समझदारीले नेकपाभित्र र बाहिर ठूलै तरंग पैदा भएको छ । कार्यदल बनाउने विषय औपचारिक निर्णय नभए पनि सामाजिक संजाल र नेताहरुका लगातार औपचारिक प्रतिक्रिया आएका छन् ।
राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्ने बाटो खोल्न सत्तारुढ नेकपाको सचिवालयले तीन सदस्यीय संविधान संशोधन कार्यदल गठन गर्यो । शनिबार बसेको सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।