कर्णालीका ७९ स्थानीय तहमध्ये डोल्पोबुद्ध, छार्काताङसोङ र मुगुमकार्मारोङ यस्ता गाउँपालिका हुन् जसका पदाधिकारीले अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाउनुपरेको छैन । बाँकी ७६ स्थानीय तहविरुद्ध अनियमितता आरोपमा आयोगको सुर्खेतस्थित कार्यालयमा उजुरीका चाङ छन् ।