भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि यहाँ आएका हुन् । नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।

नेपाल–भारत संयुक्त आयोग बैठक : 'अलपत्र आयोजनाका गतिरोध चिर्न पहल हुनुपर्छ’

नेपाल–भारतको संयुक्त बैठकमा नियमित रूपमा उठ्दै आउने एउटै विषय हो जलस्रोत । दुवै देशले जलस्रोतको सम्भावनालाई आपसी हितमा लगाउन तीन तहका संयन्त्रहरू बनाएका छन् । त्यसमध्येको उपल्लो संयन्त्र हो, जलस्रोतका लागि मन्त्रीस्तरीय संयुक्त आयोग (जेएमसीडब्लूआर) ।

४ अर्ब क्षतिपूर्तिमा भारतीय ‘अड्चन’

कोसी र गण्डक सम्झौताअनुसार दुवै परियोजनामा नदी बहाव, बाँध, नहर वा तटबन्धका कारण डुबानमा परेका वा अन्नबाली नष्ट भएका स्थानीयलाई झन्डै ४ अर्ब रुपैयाँ क्षतिपूर्ति दिन भारतले अडचन थाप्दै आएको छ ।