कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

नेपाली यू–१२ टिमको सान्त्वना जित

काठमाडौँ — नेपालले एटीएफ यू–१२ टिम टेनिसअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगिताको ब्वाइजतर्फ जित पाएको छ ।

नेपाली यू–१२ टिमको सान्त्वना जित

चार राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा नेपालले भुटानलाई ३–० ले पराजित गरेको थियो । यसअघि नेपाली टिम श्रीलंका र पाकिस्तानसँग पराजित भएको हो । नेपाल प्रतियोगिताबाट भने बाहिरिएको छ ।

पहिलो सिंगल्समा नेपालका विश्वविशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६–०, ६–३ ले, निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरेका थिए भने डबल्समा नेपालका विश्वविशेष र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–०, ६–२ को सेटमा हरायो ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै पाकिस्तानले श्रीलंका र भारतले बंगलादेशलाई समान ३–० ले हराए । ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट श्रीलंकासँग हुनेछ भने पाकिस्तानले बंगलादेशको सामना गर्नेछ ।

गर्ल्सतर्फ श्रीलंकाले नेपाललाई ३–० ले हरायो । सिंगल्समा लियङ सानुथी वोङले नेपालकी सारा पन्तलाई ६–०, ६–० तथा श्रीलंकाकी दाम्सिलुनी सहंशाले अनुश्री धोजुलाई ६–०, ६–१ को सोझो सेटमा पन्छाए ।

डबल्समा श्रीलंकाका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६–४, ६–३ को सेटमा हरायो । नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो ।

प्रकाशित : जेष्ठ ९, २०८१ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?