२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चेस टोली शनिबार रुस जाने

काठमाडौँ — एसियन सिटी चेस टिम च्याम्पियनसिपमा भाग लिन ५ खेलाडीसहित ६ सदस्यीय टोली शनिबार रुस जाने भएको छ ।

चेस टोली शनिबार रुस जाने

अप्रिल २० देखि ३० सम्म हुने प्रतियोगितामा पुरुषोत्तम चौलागाईं, सुश्रुत दाहाल, गोविन्दमान श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठले भाग लिने छन् ।

पुसमा भएको छैटौं तुल्सीलाल अमात्य स्मृति राष्ट्रिय क्लब टिम चेस प्रतियोगिताबाट खेलाडी छनोट गरिएको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जनाए । उक्त प्रतियोगितामा उनीहरूको टिम पहिलो भएको थियो । अफिसियलमा सजल कार्की छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे ।

प्रकाशित : वैशाख ७, २०८१ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?