२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हनामीलाई तिलौराकोट गोल्डकप 

मनोज पौडेल

कपिलवस्तु — हनामी बीएफसी चितवनले प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

हनामीलाई तिलौराकोट गोल्डकप 

लुम्बिनी प्रदेशमै सर्वाधिक धनराशि पुरस्कारको प्रतियोगिता फाइनलमा शनिबार हनामीले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो ।

जीतपुरस्थित बुद्ध रंगशालामा निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरमा निर्णय लिइएको थियो । हनामीका सुजित बुढाथोकीले चौथो मिनेटमै प्राप्त पेनाल्टीमा गोल गरेर टोलीलाई अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा पुलिसका अनुप लिम्बूले गोल फर्काएपछि खेल बराबरीमा अगाडि बढेको थियो ।

म्यान अफ द फाइनल हनामीका अनिल खड्का भएका थिए । उनलार्ई १० हजार ट्रफ्रीसहित नगद प्रदान गरियो ।

विजेता हनामी बीएफसीले ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता नेपाल पुलिसले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाए । प्लेयर अफ द टुर्नामेन्ट हनामीका सुजित बुढाथोकी भए । उनलाई १ लाख नगद प्रदान गरियो । प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजनका ४ र मोफसलका ४ टोली प्रतिस्पर्धी थिए ।

प्रकाशित : चैत्र २४, २०८० २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?