कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

आईपीएल २०२४ : हैदरावादसँगको हारमा चेन्नाइको खराब लय

एजेन्सी

हैदरावाद — लगातार दुई खेल जितेर राम्रो सुरुआत लिएको चेन्नाइ सुपर किंग्सले लय गुमाएर त्यसपछिका दुई खेल भने गुमाएको छ । डिफेन्डिङ च्याम्पियन चेन्नाइ शुक्रबारको खेलमा सनराइज हैदरावादसँग छ विकेटले पराजित रह्यो ।

आईपीएल २०२४ : हैदरावादसँगको हारमा चेन्नाइको खराब लय

जितका लागि १ सय ६६ रन पछ्याएको हैदरावादले चार विकेट गुमाएर १८.१ ओभरमै विजयी रन बटुलेको थियो । त्यसमा एडेन मार्केनले ३६ बलमा ५० रन बनाए । यस्तै ‘प्लेयर अफ द म्याच’ अभिषेक शर्माले १२ बलमा ३७ रन थपे ।

त्यस अगाडि ब्याटबाट चेन्नाइको प्रदर्शन राम्रो रहेन । उसले पाँच विकेटमा २० ओभरभित्र १ सय ६५ रन मात्रै बनाउन सक्यो र यो रक्षा गर्न लायक स्कोर सावित रहेन् । त्यसमा शिवम दुबेको ४५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

प्रकाशित : चैत्र २४, २०८० ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?